Sorry, that menu does not exist.
 

ढोर बराह मन्दिरमा विहानै देखी श्रद्धालुहरुको भीड, नागपन्चमीका दिन मनाईयो जनैपूर्णिमा मेला

डम्मर बुढामगर, बुर्तिबाङ २०७४ साउन १३ । नाग पन्चमी पर्वका दिन बागलुङ जिल्लाको प्रशिद्ध उत्तरगंगा नदी किनारमा अवस्थित ढोर बराह मन्दिर ढोरपाटनमा रक्षा वन्धन अर्थात जनैपूर्णिमा (ऋषितर्पणी) मेला सम्पन्न भएको छ । यस वर्षको साउन २३ गते जनै पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण परेपछी धार्मिक शास्त्र अनुसार साउन शुक्ल पन्चमी नाग पन्चमीका दिन ऋषितर्पणी, जनैपूर्णिमा, रक्षावन्धन पर्व मनाउन विधिसम्मत हुने भएकाले आज नाग पन्चमी पर्वका अवसरमा रक्षा वन्धन (जनैपूर्णिमा) पर्व मनाईएको हो ।

बागलुङ जिल्लाको ढोर बराहा मन्दिरमा विशेष पर्वको रुपमा मनाईने जनै पूर्णिमा मेला आज नाग पन्चमीका पावन दिनमा श्रद्धालुहरुले धार्मिक आस्था र मान्यता अनुसार पूजादि सहित बलि दिएर मनाएका छन् ।

श्रद्धालुहरुले आज सवेरै देखी ढोर बराहा मन्दिरमा पूजा अर्चना गरी भेँडाको बलि दिएका थिए । श्रद्धालुहरुले आज ढोर बराहा मन्दिरमा झण्डै ३ सय ६० भेँडाको बलि चढाएका छन् । गत वर्षको जनै पूर्णिमा मेलामा १ हजार भन्दा बढी बलि चढाईएको थियो । यस साल साउन २३ गते को जनैपूर्णिमा नाग पन्चमीका दिन मनाउनु पर्ने भएकोले श्रद्धालुहरु गत सालको तुलनामा केहि कम भएको स्थानीयले बताए ।

ढोर बराहा मन्दिरमा मेला भर्न बागलुङ, म्याग्दी, रुकुम, रोल्पा, गुल्मी, प्यूठान, पाल्पा, रपन्देही, पर्वत जिल्लाहरुबाट समेत श्रद्धालु भक्तहरुको ओईरो लाग्ने गर्छ । उत्तरगंगा नदीबाट अविरल बगिरहने पवित्र जलस्नान गरी भक्तहरु ढोरबराह मन्दिरमा पूजा अर्चना गर्छन् ।

यसवर्ष वर्षातले बुर्तिवाङ देखी ढोरपाटन सम्मको सडक ठाउँ ठाउँमा भत्किएको हुनाले श्रद्धालुहरु पैदल यात्रा गर्न बाध्य भएका थिए । ढोरपाटन नगरपालिकाले जनैपूर्णिमा मेलालाई मध्यनजर गरी सवारी साधन सन्चालन गर्ने गरी सडक मरमतगर्ने भने पनि वर्षाले सडक मरमत कार्य हुन सकेन । यसपालीको जनै पूर्णिमा मेला नाग पन्चमीका दिनमा मनाउनु पर्ने जानकारी केहि दिन पहिले मात्र भएकाले विगतका मेलाहरुमा जस्तो अन्य विविध कार्यक्रहरुको आयोजना हुन नसकेको स्थानीयवासीले बताएका छन् ।

सहकर्मी छविलाल पाण्डेले दिएको जानकारी अनुसार ढोरपाटन नगरपालिका वडा नँ ७, ८ र ९ महिला सञ्जालकी सचिब श्याम कुमारी भण्डारीका अनुसार बिहान ४ बजेदेखिनै पूजा कार्य सुचारु गरिएको र करीब २ बजे सम्म सबैले पुजा तथा बली चढाएर सकिएको थियो । मन्दिरमा सहज रुपमा पुजा गर्न र बली चढाउन सुरक्षा ब्यबस्था समेत मिलाईएको थियो ।

यस बर्ष महिला सञ्जालले मन्दिरमा पुजा गराउन ठेक्का लिएको थियो । यस मेलामा रु ३ लाख ७८ हजार बढि खर्च भएको र करीब ४ लाख सम्म आम्दानी हुने अनुमान गरिएको छ ।

३ लाख ५० हजार वडा कार्यलयमा र २४ हजार ५ सय रुपैया मालपोत कार्यलयमा बुझाईएको आयोजकले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply