Sorry, that menu does not exist.
 

निसीभुजी जनता क्याम्पस बुर्तिवाङले फागुन ११ गते रजत महोत्सव मनाउने !

कृष्ण कँडेल, बुर्तिवाङ २०७३ माघ ५ । निसीभुजी जनता क्याम्पस बुर्तिबाङले आगामी फागुनमा स्थापनाको २५ औँ बार्षिकोत्सव रजत महोत्सवकोरुपमा मनाउने भएको छ ।

क्याम्पस व्यवस्थापन समितिको मंगलबार भएको बैठकले फागुन ११ गते विशेष कार्यक्रम सहित रजत महोत्सव मनाउने निर्णय गरेको क्याम्पस सञ्चालन समितिका अध्यक्ष धीरप्रताप सिंहले जानकारी दिए । अध्यक्ष सिँहका अनुसार सो अबसरमा क्याम्पसको नवनिर्मित १२ कोठे भवन उद्घाटन गरिने छ ।

२०४८ सालमा स्थापित बागलुङ निर्वाचन क्षेत्र नम्बर–३ कै एक मात्र क्याम्पसको रजत महोत्सव कार्यक्रममा उपस्थित हुने सम्पुर्ण सहभागीको प्रमुख आतिथ्यतामा गरिने सञ्चालक समितिले जनाएको छ ।

कार्यक्रमको एकजना मात्र प्रमुख अतिथि, अन्य अतिथि नभई सवै उपस्थित व्यक्तित्व प्रमुख अतिथि रहने र सवैले एक एक वटा दिप प्रज्वलन गरि भवन सहित रजत महोत्सवको उद्घाटन हुने क्याम्पस प्रमुख कृष्णकान्त आचार्यले बताए ।

क्याम्पस्को स्थापना र सञ्चालन तथा भौतिक संरचना निर्माण जस्ता सवै कार्यमा स्थानिय विभिन्न सरोकारवालाको ठुलो सहयोग रहेकाले उपस्थित सम्पुर्ण व्यक्तित्वले प्रमुख अतिथिको रुपमा दीप प्रज्वलन गरेर कार्यक्रम गर्न लागिएको क्याम्पसले जनाएको छ । रजत महोत्वसको अवसरमा क्याम्पसको स्मारिका प्रकाशन गर्ने तयारी समेत भएको छ ।

रजत महोत्सव कार्यक्रमको भोली पल्ट फागुन १२ गते क्याम्पस सञ्चालक समितिको ८ औँ अधिवेशन गर्ने निर्णय पनि भएको क्याम्पस प्रमुख आचार्यले बताए । बर्तमान सञ्चालक समितिको कार्यकाल फागुन ११ गतेसम्मका लागि भएकाले नयाँ व्यवस्थापन समिति गठन सहित जिम्मेवारी हस्तान्तरण गर्ने गरि अधिबेशन गर्न लागिएको हो ।

बैठकले क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई प्रत्यक बर्ष प्रदान गर्ने गरि जेहेन्दार विद्यार्थी छात्रवृत्ति कोष स्थापना गर्ने निर्णय पनि गरेको सञ्चालक समितिका उपाध्यक्ष तुल्सीराम आर्यालले जानकरी दिए ।

कोषका लागि सहयोग थप सहयोग गर्न यस अघि क्याम्पसका लागि ७ लाख तथा १४ लाख सहयोग गर्ने ७ जना सहयोगदातालाई आग्रह गर्ने निर्णय भएको छ । यी सहयोग दातालाई जनहि १ लाखका दरले सहयोग गर्न अनुरोध गरिने छ । यसरी स्थापना हुने ६ लाख रुपैयाँ भन्दा बढिको कोषबाट प्रत्यक बर्ष क्याम्पसबाट उकृष्ट अंक प्राप्त गरेर उतिर्ण हुनेलाई एक बर्ष भरीको सम्पुण शुल्क तिर्न पुग्ने गरि छात्रवृत्ति प्रदान गरिने सञ्चालक सदस्य टंकप्रसाद पौडेलले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply