गुमानसिँह भण्डारी, गल्कोट २०७४ साउन १४ । सामुदायीक रेडियो गलकोट एफ एमको छैठौ बार्षिक उत्सवको अवसरमा गलकोट नगरपालिका र ताराखोला गाउपालिकाका सरोकारबालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले गलकोटमा सामुदायिक रेडियोले उत्पादन गरेका कार्यक्रमहरु सन्तोषजनक रहेको भन्दै सभ्यता, संस्कृतिको जगेर्ना गर्दै सम्भावनाहरुको उजागर गर्ने र विकृति विसंगतीहरुलाई निर्मुल पार्नका लागी रेडियो पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेकोमा जोड दिए । उनले रेडियोहरुले सुचनाको पहुँच पु¥याउनुको साथै कृषि, पर्यटन, जलविद्युत, आर्थिक विकास, समाज रुपान्तरण लगायतका क्षेत्रमा महत्वपुर्ण भुमिका खेलेको बताए ।
लोकतान्त्रिक गणतन्त्रको अनुभुती जनता सम्म पु¥याउन सामुदायिक रेडियोहरुले भुमिका खेल्नु पर्नेमा उनको जोड थियो ।
कार्यक्रममा गलकोट नगरपालिका २ का अध्यक्ष हिम बहादुर भण्डारी, ११ का अध्यक्ष डम्बर श्रीस, नेपाली काग्रेसका राम बहादुर खत्री, नेकपा एमालेका बुल बहादुर केसी, नगरकार्यपालिकाका सचिव कमला ढकाल, नेकपा माओबादीका तिलक उप्रेति लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
सामुदायिक रेडियोको भुमिका, अवस्था र दिगोपनाको विषयमा गलकोटको हटियामा सरोकारबालाहरुसंग सामुहिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोे छ ।
कार्यक्रममा गलकोट नगरपालिका र ताराखोला गाउपालिकामा गलकोट एफ एमले निर्वाह गर्दै आएको भुमिका र आगामी दिनमा गर्नुपर्ने कामहरुको बारेमा सहभागीहरुले सुझाब दिएका थिए ।
कार्यक्रममा सहभागी अन्य स्रोताहरुले रेडियोहरुको क्षमता बढाउँदै गाउँ र वस्ती सम्म पुगेर समाचार तथा कार्यक्रम तयार गरेमा रेडियोप्रति समुदायको भुमिका बढ्ने धारण राखेका थिए ।
गलकोट सुचना तथा सञ्चार सहकारी सस्था लिमिटेडद्धारा सञ्चालित सामुदायिक रेडियो गलकोट एफ एमले बिहान ७, १०, दिउसो २ र साँझ ७ बजे गरि ४ पटक समाचार बुलेटिन प्रसारण गर्दै आएको छ । रेडियोले शिक्षा, स्वास्थ, पर्यटन लगायतका बिषयलाई केन्द्रित गरि स्थानिय स्तरका कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रममा गलकोट सुचना तथा सञ्चार सहकारी सस्था लिमिटेडका सचिव वीर बहादुर चोखालले सस्थाको कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रम गलकोट सुचना तथा सञ्चार सहकारी सस्था लिमिटेडका अध्यक्ष गुमानसिह बुढाथोकीको अध्यक्षता, उपाध्यक्ष वीरेन्द्र श्रेष्ठको स्वागत मन्तब्य र स्टेशन प्रमुख घनश्याम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।