Sorry, that menu does not exist.
 

नरेठाँटीको तोरीखोलालाई नमूना गाउँ बनाउने वडाध्यक्ष भण्डारीको प्रतिवद्धता

गुमानसिँह भण्डारी, गल्कोट २०७४ साउन १४ । गलकोट नगरपालिका २ का अध्यक्ष हेमन्त भण्डारीले तोरीखोला गाउलाई नमुना गाउको रुपमा बिकास गर्ने बताएका छन् । भण्डारीले यस बर्षदेखि तोरीखोला गाउलाई नमुना गाउको रुपमा बिकास गर्नका लागी १५ लाख रुपयाँ बिनियोजन गरेको जानकारी दिए ।

मगरबस्ती रहेको उक्त गाउलाई पाँच बर्ष भित्रनै नगरपालिकामा नमुना उन्मुख गाउँ निर्माण गर्ने योजना रहेको उल्लेख गर्दै भण्डारी तोरीखोला गाउका स्थानीयले नमुना गाउँ निर्माणका लागि केहि सुचकहरु तयार पारी अगाडि बढ्नुपर्ने बताए ।

एक घर, एक चर्पी, एक घर, एक प्लाष्ट्रिकको टनेल, प्रत्येक घरमा बिद्युत, प्रत्येक घरमा सञ्चार सामाग्रीे, प्रत्येक घरका बालबालिका विद्यालय पठाउने, घरघरमा कुहिने फोहोर र नकुहिने फोहोर अलग अलग व्यवस्थापन गर्ने, प्रत्येक घरका बालबाालिकाले अव उमेर पुगेर मात्र विवाह गर्ने, सम्पूर्ण महिला दिदीबहिनीहरुले महिनामा ४ पटक नियमित जाँच गराउने, स्वास्थ्य संस्थामा सुत्केरी गराउने, गाउमा होमस्टे निर्माण गर्ने उनको भनाई थियो ।

मगरहरुको बाहुल्यता रहेको उक्त गाउका मानिसहरुको आफनै भेषभुषा, सस्कृति, रितिरिवाज रहेको छ । नरेठाटीको अन्य गाउ भन्दा उक्त गाउ हरेक हिसाबबाट मिलेको भन्दै नमुना गाउको रुपमा बिकास गर्ने सोच भएको भण्डारीले बताए ।

उनले स्थानियहरुलाई नेपालका उत्कृष्ट नमुना गाउ र होमस्टे देखाएर सोहि अनुसार आफनो कार्यकालमा नमुना गाउ बनाउने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply