सुमन सुनार, २०७४ साउन १४ । ढोरपाटन नगरपालिका वडा नं. ५ को बुढाथोकमा ६ महिना अघिदेखि सुरु गरिएको IPM पाठशाला तथा एकिकृत शत्रुजीव ब्यवस्थान सम्वन्धी तालिम शनिबार सम्पन्न भएको छ ।
जिल्ला कृषि विकास कार्यलय बागलुङको आयोजना तथा रुद्रावती कृषी सहकारी संस्था अधिकारीचौरको सहजिकरणमा गत २०७३ फागुन १५ गते देखि उक्त पठशाला तथा तालिमको सञ्चालन गरिएको थियो ।
कृषकहरुको क्षमता अभिबृद्धिका लागी आयोजना गरिएको उक्त तालिममा हरेक हप्ताको शनिबार साप्ताहिक रुपमा कृषकहरुलाई स्वस्थ बाली उत्पादन गर्ने तरिकाको बारेमा प्रशिक्षण दिईएको थियो ।
खेती गर्ने तरिका सम्वन्धी नियमित रुपमा खेतबालीको अवलोकन, अर्गानिक बाली उत्पादन, विषादि प्रयोग नगरी जैविक मल प्रयोग गरि बाली उत्पादन गर्ने, खती गर्दा कुन मौसममा कुन खेती गर्ने तथा बालीचक्र अपनाउने तरिका, अन्य क्षेत्रबाट निर्यात गरिएका विउहरुमा रोग किराको परिक्षण गरि बाली लगाईने तरिका सम्वन्धी कृषकहरुलाई प्रशिक्षण दिईएको थियो । यस्तै बाली संरक्षण विधी सम्वन्धी बालीमा लाग्ने रोग तथा किराहरुबाट हुने समस्या समाधान गर्ने तरिका, जस्तै सत्रुजिवहरु मार्नका निम्ती सत्रुजिबहरुलाई खाने मित्र जिवहरुको संरक्षण गर्ने विधी, यान्त्रीकरण विधी लगायतका विषयमा सिकाईएको थियो ।
६ महिना सम्म सञ्चालनमा रहेको उक्त तालिममा ढोरपाटन नगरपालिका वडा नं. ५ अन्तर्गत अधिकारीचौर, नाथुरी, चौर, नौबिसे, प्याङखोला लगायतका स्थानका २५ कृषकको सहभागिता रहेको थियो । तालिममा जिल्ला कृषि विकास कार्यलय बाग्लुङका बाली संरक्षण अधिकृत सुजित पौडेल, बागवानी अधिकृत महिमा बज्राचार्य, कृषि सेवा केन्द्र बुर्तिबाङकी नाप्रास सरिता घिमिरे र ढोरपाटन नगरपालिका वडा नं. ५ र ६ का कृषि प्राविधिक महेन्द्र अधिकारीले पाठशाला तथा तालिममा सहभागी कृषकहरुलाई प्रशिक्षण दिएका थिए ।
तालिमको समापन कार्यक्रममा क्ष्एः कृषि समुहका अध्यक्ष कृष्णलाल कँडेलको अध्यक्षता रहेको थियो भने ढोरपाटन नगरपालिका वडा नं. ५ का अध्यक्ष लक्ष्मण पुनको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा रुद्रावती कृषि सहकारी संस्थाका अध्यक्ष तुल्सीराम उपाध्याय, क्ष्एः कृषि समुहका सचिव तथा रुद्रावती कृषि सहकारी संस्थाका नरेन्द्र बहादुर कुवँर, रेशमराज रेग्मी, ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ की कृषि प्राविधिक प्रकृती छन्त्याल लगायतको विशिष्ट आतिथ्यता रहेको थियो ।
समापन कार्यक्रममा बोल्दै तालिममा सहभागिले जिल्ला कृषि विकास कार्यलयले ग्रामिण भेगका कृषकलाई लक्षित गरि आयोजना गरेको तालिमबाट धेरै कुरा सिक्ने मौका पाएको भन्दै खुशी ब्यक्त गरेका थिए ।
क्ष्एः कृषि समुहका सदस्य दुर्गादत्त साप्कोटाको स्वागत मन्तब्य रहेको समापन कार्यक्रमको सञ्चालन कृषि प्राविधिक महेन्द्र अधिकारीले गरेका थिए ।