Sorry, that menu does not exist.
 

काँग्रेस भित्रको गुट उपगुटको खेतीले चुनावी नतिजामा हार बेहोर्नु परेको खुलासा

बागलुङ २०७४ साउन १४ । नेपाली काँग्रेस बागलुङको आयोजनामा बा.न.पा. १३ पैयुँपाटामा चुनावी समिक्षा तथा बृहत कार्यकर्ता भेला सम्पन्न भएको छ । बागलुङ नगरपालिका वडा नं. १२,१३ र १४ को आम कार्यकर्ताहरुको विचार र विमर्श सहित गत बैशाख ३१ गतेको सम्पन्न चुनावको समिक्षा गरिएको थियो । कार्यक्रममा बोल्ने अधिकाशं नेता तथा कार्यकर्ताहरुले काँग्रेस भित्रको गुट उपगुटको खेतीले चुनावी नतिजामा हार बेहोर्नु परेको टिप्पणी गरेका थिए । उनिहरुले काँग्रेसले जनता सँग बास्तविक एजेण्डा प्रस्तुत गर्न नसक्दा चुनावमा पराजय बेहोर्नु परेको बताएका थिए ।

काँग्रेस बागलुङका जिल्ला सदस्य तथा कार्यक्रमका संयोजक ओमकार थापाले हिजोका दिनमा पर्टि भित्र जे भए पनि अबको दिनमा काँग्रेस सचिएर जानेमा आफुहरु विश्वस्त रहेको बताउनुभयो । उनले संगठन सुदृढिकरणमा अबको दिनमा जिल्ला देखी केन्द्र सम्मको नेतृत्वले बिचार पु¥याउनुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला सदस्य ज्ञानु श्रीष शर्मा, खिमानन्द पौडेल, नेपाली काँग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति एवं बा.न.पा. १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेल, नेपाल टे«ड युनियन काँग्रेसका जिल्ला अध्यक्ष रामप्रसाद अधिकारी, बा.न.पा. १२ अमलाचौरका पाटि सभापति कोपिलामणि शर्मा, बा.न.पा. १४ नारायणस्थानका कार्यबहाक पार्टि सभापति हरिकुमार श्रेष्ठ, लगायतले बोलेका थिए ।

सो अवसरमा काँग्रेसप्रति आस्थावान कार्यकर्ताहरु, मुक्तिराम शर्मा, बिजेन्द्र कुँवर, हेमराज पौडेल, चन्द्रप्रसाद पौडेल, ईश्वरी शर्मा, मिना बि.क, राधिका कुँवर, उमा शर्मा, रत्नाकर शर्मा लगायतले काँग्रेसले आउँदा दिनहरुमा संगठनलाई बलियो बनाउनका लागि हरेक बस्ती बस्ती गई संगठन विस्तार गर्न र चुनावमा जाँदा खेरी कुनै ठोस एजेण्डा लिई जान जरुर रहेको भनी सुझाव दिएका थिए । कार्यक्रम नेपाली काँग्रेस पैयुँपाटाका सभापति चन्द्र बहादुर खत्रीको अध्यक्षता नारायणस्थानका दिर्घनारायण श्रेष्ठको स्वागत र पैयुँपाटाका पार्टि सचिव एकनाथ रिजालको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply