Sorry, that menu does not exist.
 

गल्कोटको शिद्ध प्राथमिक विद्यालय आज देखी सन्चालनमा

गल्कोट २०७४ साउन १५ । गल्कोट नगरपालिकाको एक प्राथमिक विद्यालयमा विद्यार्थीहरु पढन आउन छोडेपछी शिक्षकहरुले हाजिर गरेर मात्रै तलब खाने गरेको व्यापक हल्ला भएपछी विद्यालय व्यवस्थापन समिति, शिक्षक एवं अभिभावकहरुको गत शुक्रवार बसेको बैठकले आज साउन १५ गते देखी विद्यालय सन्चालनमा ल्याउने सल्लाह गरेको छ ।

२०४० सालमा स्थापित गल्कोट नगरपालिका ५ टेउवा स्थित शिद्ध प्राथमिक विद्यालयमा केहि समय देखी विद्यार्थीहरु पठन पाठनका लागि आउन छोडेपछी शिक्षकहरुले बसी बसी तलब खानेगरेको समाचार प्रकाशमा आएपछी गत साउन १३ गते शुक्रवार बसेको विशेष बैठकले आजदेखी विद्यालय पुन सन्चालनमा ल्याउने निर्णय गरेको हो ।

बैठकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक तथा अभिभावकहरुको उपस्थिति रहेको थिया । जिल्ला शिक्षा कार्यालयका प्रतिनिधी समेतको समुपस्थितिमा सम्पन्न बैठकले विद्यार्थीहरु जम्मा गरी आजै देखी विद्यालय सन्चालनमा ल्याउने सल्लाह भए अनुसार एक दर्जन भन्दा बढी विद्यार्थीहरु विद्यालयमा हाजिर भएको सहकर्मी दिनेश खत्रीले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर थापा, शिक्षक अभिभावक संघका अध्यक्ष डिलबहादुर खत्री, पुन विद्यालय सन्चालन गर्न गठित समितिका अध्यक्ष लोकेन्द्र ध्वजमल्ल, शिक्षा कार्यालयका प्रतिनिधी श्रोत व्यक्ति दिनेश पन्त, पृथ्वी मावि केन्द्रका प्रमुख बद्री प्रसाद ढकाल सहित गाउँका भद्र भलाद्मीहरु समेतको उपस्थितिमा भएको बैठकको निर्णय अनुसार अब देखी विद्यालय नियमित सन्चालन हुने विश्वास गरिएको छ ।

सो विद्यालयमा हाल प्रअमा छिमबहादुर खत्री, शिक्षकहरु गोपिराम ढकाल र भक्तबहादुर थापाले विद्यालयमा हाजिर गरी घरमा बसेर तलब खानेगरेको स्थानीयको गुनासो थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply