Sorry, that menu does not exist.
 

संस्कृति जोगाउन एकताले तीजविशेष कार्यक्रम गर्ने

विशन क्षेत्री, पर्वत, २०७४ साउन १६ । सामाजिक, वातावरणीय तथा पर्यटनका क्षेत्रमा क्रियाशील एकता युवा क्लवले विगतका वर्षमा जस्तै तीज विशेष कार्यक्रम गर्ने भएको छ ।

तीजका नाममा मौलाएका विकृति रोक्न तथा संस्कृति बचाउन सन्देश दिने उद्देश्यले कार्यक्रम गर्न लागेको आयोजकले जानकारी दिएको छ । आउँदो साउन २८ गते एकताचोकमा कार्यक्रमको आयोजना गरिएको मूल संयोजक सञ्जु शर्माले जानकारी दिए ।

त्यस्तै कार्यक्रमलाई सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरिएको क्लवले जानकारी दिएको छ । कार्यक्रमको आर्थिक संयोजकमा नरेन्द्र बहादुर क्षेत्री, अतिथी व्यवस्थापनमा उमा केसी, खाना व्यवस्थापनमा विक्रम केसी, नारी सम्मान संयोजकमा किसोर क्षेत्री र किशोर क्षेत्र संयोजक रहने गरि मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको हो ।

क्लवले सोही अवसरमा खेलकुद, दरखुवाउने तथा अन्य सांस्कृतिक कार्यक्रम समेत राखेको क्लवका अध्यक्ष अच्युत तिवारीले जानकारी दिए । क्लवले सामाजिक, धार्मिक, शैक्षिक, स्वास्थ्य, पर्यटन तथा वातावरणीय क्षेत्रमा काम गर्दै आएको बताउँदै उनले मौलिक संस्कृतिको रक्षार्थ कार्यक्रम आयोजना गरेको बताए । २०६४ सालमा स्थापित क्लवले जिल्लामा नै पहिलोपटक तीजविशेष कार्यक्रमको आयोजना गरि निरन्तरता दिँदै आईरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply