तारा प्रसाद शर्मा बागलुङ २०७४ साउन १६ । बिश्वभर ख्याती कमाएको पुरानो मोवाइल कम्पनी नोकियाले आफ्नो उत्पादन पुन बजारमा ल्याएको छ । बलियो र सजिलोको रुपमा प्रयोग हुदै आएको नोकिया मोवाइल कम्पनीले केहि समयपछि फेरी आफ्नो उत्पादन बजारमा ल्याएको हो । कम्पनीले पछिल्लो उत्पादन एन्ड्रोईडमा आधारित स्मार्ट फोनका तीन नयाँ मोडल बजारमा ल्याएको छ, जसमा नोकिया थ्री, नोकिया, फाइव र नोकिया सिक्स रहेको जनाएको छ ।
देशका बिभिन्न अञ्चल र जिल्लामा भित्रने क्रममा धौलागिरीका बजारमा पनि बिक्री बितरण शुरु भएको धौलागिरि अञ्चलको आधिकारिक बिक्रेता धौलागिरि स्मार्ट टे«डर्स बागलुङले जनाएको छ । टे«डर्सका संचालक सुदीप कडेलले बजारमा आएको नोकियाको सवै मोडल धौलागिरि अञ्चलको बागलुङ, पर्वत र म्याग्दीमा रहेका करिव १ सय वटा पसहरुवाट बिक्री भैरहेको जानकारी दिए ।
शुरुवातमा गुगलको शुद्ध एन्ड्रोईडको नयाँ नउगट भर्सनमा आधारित ३ स्मार्ट फोन र ५ वटा फिचर्स फोनका साथ बजारमा आएको कँडेलले बताए । फिचर्स फोनका मोडलमा १ सय ५ सिंगल सिम, डवल सिम, १ सय ५० र २ सय १६ संगै सन् २००० मा लन्च हुँदा १२ करोड ६ लाख सेट बिक्री भएको ३३१० पनि बजारमा आएको कँडेलले बताए । यस भन्दा अगाडि सन् २०१२ मा नोकियाको लाइसेन माइक्रोसफ्टले लिएपछि विन्डोजमा आधिरित स्मार्टफोन बजार खस्किएको थियो ।
फिनल्याण्डमा रहेको अन्राष्ट्रिय कम्पनी एचएमडी ग्लोवलसंग नोकियाको लाइसेन्स रहेको र २०१७ को शुरुदेखि नै बिश्वभर बिक्री बितरण शुरु गर्ने भनिएपनि माग अनुसारको उत्पादन हुन नसकेपछि केहि ढिला गरि नेपालमा आएको नेपालको आधिकारिक आयात कर्ता पारामाउण्ट इलोक्ट्रोनिक्स प्रालिका राष्ट्रिय बिक्रि प्रवन्धक राजकिरण शर्माले जानकारी दिए ।