Sorry, that menu does not exist.
 

अध्यक्ष मल्लले भने-तीन महिनाभित्र डाइलिसिस सेवा, गरीवका लागि नि:शुल्क उपचार !

हरि शर्मा, बागलुङ २०७३ माघ ५ । धौलागिरी अञ्चल अस्पताल विकास समिति बागलुङका नवनियुक्त अध्यक्ष मञ्जेशबम मल्लले अस्पतालमा अबको तीन महिनाभित्र किड्नीको डाइलिसिस (Dialysis) सेवा विस्तार गर्ने बताएका छन ।

अञ्चल अस्पताल विकास समितिले बुधवार आयोजना गरेको स्वागत एवं पद्भार कार्यक्रममा उनले यस्तो बताएका हुन । अञ्चल अस्पतालमा सवैभन्दा ठूलो समस्या कन्सलटेन्ट डाक्टरको समस्या भएकाले सवैसँग समन्वयन गरेर स्वास्थ्य विमा लागु भएका जिल्लाहरुमा आवश्यक डाक्टरहरु भित्र्याउने लक्ष्य रहेको बताए ।

त्यस्तै उनले अञ्चल अस्पतालमा आउने बिरामीको चाप घटेको भन्दै पैसा नभएर सेवा पाउनबाट बञ्चित सेवाग्राहीहरुका लागि अस्पताल विकास समितीले सवै खर्च बेर्होने व्यवस्था मिलाएको र सेवाग्राहीलाइ गुणस्तरीय निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

अहिले आएको न्यु बेबी बोण्ड कार्यक्रमलाइ पनि प्राथमिकताका साथ अगाडि बढाउने छु ,उनले भने, त्यसका लागि सवैको सहयोग र समन्वयन लिएर अगाडि बढ्छु । अस्पतालमा कायम रहेको ओपिडि सेवा १० देखि ५ बजेसम्म खुल्ला गरी अन्य थप सेवा सुविधा विस्तार गर्दै जाने समेत बताए ।

भवन निर्माणका लागि ठेक्का लिएका ठेकेदारसँग सम्झौता गर्छु,उनले भने ,त्यसका लागि स्वास्थ्य मन्त्रालयको पनि चासो बढेको छ ।

अस्पतालको सेवा,सुविद्या तथा न्युनतम पूर्वाधार निर्माणको विकास गरि नमुना अस्पतालको रुपमा विकास गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

सो अवसरमा धौलागिरी अञ्चल अस्पताल विकास समितिका पूर्व अध्यक्ष एवं नागरिक समाजका कृष्णबहादुर श्रेष्ठ,स्थानीय विकास अधिकारी रामप्रसाद आचार्य,बागलुङ नगरपालिका कार्यालयका योजना तथा प्रशासकीय अधिकृत युक्त प्रसाद सुवेदी लगायतले नवनियुक्त अध्यक्ष मल्ललाई सफल कार्यकालको कामना गर्दै शुभकामना दिएका थिए ।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी एवं धौलागिरी अञ्चल अस्पताल विकास समितिका पदेन सदस्य भागीरथ पाण्डेयको अध्यक्षता, अञ्चल अस्पताल विकास समितिका सदस्य हिराबहादुर के.सीको शुभकामना मन्तव्य र डाक्टर रामप्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply