अपडेट गरिन्न भने सूचना जारी गर्नुप-यो, “यो वेबसाईट अपडेट हुँदैन, यसको भर नपर्नुस् !”
महेन्द्र केसी,पर्वत २०७४ साउन १९ । । सरकारी कार्यालयमा भएका कामकारवाही,नीति तथा नियमावली प्रशासन गरी नागरिकलाई सूचना प्रदान गर्नको लागि बनाइएको वेभसाइटहरु अपडेट हुने गरेका छैनन । सरकारी कार्यालयहरुका वेभ साइट नाममात्रका रहेकाले त्यसबाट कुनै जानकारी लिउँला भन्नु बेकार छ ।
५० हजार भन्दा माथी खर्च गरेर बनाईएका सरकारी निकायका वेभसाईटहरु अपडेट नगरिदा सेवाग्राहीलाई भ्रमित पार्ने काम भएको व्यापक जनगुनासो रहेको छ । उदाहरणको रुपमा जिल्ला शिक्षा कार्यालय पर्वतको वेब साईड हेरौँ वर्षौदेखी अपडेट गरिएको छैन । पर्वत जिल्ल शिक्षा कार्यालयमा पाल्पाको तथ्यांक रहिरहेको हो ।
वेबसाइट अपड्ट गरिदैन भने सम्वन्धित कार्यालयले सूचना जारी गरेर भन्नुपर्छ वेभसाइटको भर नपर्नु होस, यो अपडेट छैन ।
जिल्लाका सरकारी निकायले सम्पादन गरेका काम तथा विभागले पालना गरेको नीति निर्देशन सार्वजनिक गर्न भनिएपनि वेब सायट बन्यो सकियो । गत वर्ष जिल्ला शिक्षा कार्यालयले ४० हजार खर्च गरेर निर्माण गरेको साईटको व्यवस्थापन गराउन नसक्दा पर्वत जिल्लाको वेब साईटमा पाल्पा जिल्ला शिक्षा कार्यालयको तथ्याँक भेटिने गरेको छ । जिल्ला शिक्षा अधिकारी रमेश राज पौडेलले जिल्लामा जनशक्ति नभएका कारण वेब साईट अपडेट गर्न नसकेको बताए ।
दक्ष कर्मचारी नभएकै कारण जिल्लामा अधिकांश सरकारी कार्यालयका वेभ पेजहरु खाता खोलेर मात्रै राखिएका जस्ता देखिन्छन् भने कतिपयमा उल्टो र अन्य जिल्लाको जानकारी समेत दिने गरेको पाइन्छ । वेभ पेजहरु लाखौमा निर्माण गरिएता पनि त्यसको सहि सदुपयोग र प्रयोग भने हुन सकेको छैन ।