पोखरा २०७४ साउन १९ । समाजमा जनचेतनाको भावना विकास गराउने उद्देश्यले पोखरा ले.मा.न.पा वडा न.१३ को संगम टोल विकास संस्था र ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र कुँडहरको संयुक्त आयोजित तीन दिवसिय प्रशिक्षणको उद्घाटन सत्र आज सम्पन्न भयो ।
समयको महत्व, तनाव, स्वस्थ्य, खुशी आदि विषयहरुमा प्रशिक्षण दिुदै ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दमौलीका राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु खड्काले हामीले जे कुराहरु हेर्छौै, सुन्छौ त्यसको प्रभाव हाम्रो मन मस्तिष्कमा पर्ने र मानिसको दैनिक व्यवहार हुने भएकोले सदैव राजयोग ध्यानको माध्यमबाट मनलाई असल बाटोमा लैजान सकिने बताए ।
सो प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि पोखरा ले.मा.न.पा वडा न. १३ का वडा अध्यक्ष दर्शन लामाले मन्तव्य व्यक्त गर्दै नागरीकलाई सशक्त बनाउनको लागि यस्ता प्रकारका प्रशिक्षणहरुको वर्तमानमा धेरै आवश्यकता भएको बताए । उनले समाजमा बढदै गईरहेका हत्या, हिंसा, विकृतिहरुलाई रोकथाम गर्न महत्वपूर्ण भूमिका रहेको बताए ।
साथै विशिष्ट अतिथि ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र नेपालकी निर्देशक राजयोगिनी परिणीता दिदी, समाजसेवी डम्बरबहादुर श्रेष्ठ, हर्कमान गुरुङ लगाएतका महानुभावहरुले मन्तव्य व्यक्त गरेका थिए ।
प्रशिक्षमा १३५ जना महिला र पुरुषहरुको सहभागित रहेको थियो ।
कार्यक्रमको संचालन राजयोग केन्द्र कुँडहरकी संचालिका ब्रह्माकुमारी अप्सराले गरेकी थिईन् ।