Sorry, that menu does not exist.
 

भातखाने डाँडामा सन्चालित घुम्ती शिवरको पहिलो दिन८३ जनालाई नागरिकता

पूर्णभद्र निउरे, बागलुङ (ताराखोला) २०७४ साउन २० । जिल्ला प्रशासन कार्यालय बागलुङव्दारा ताराखोला गाउँ पालिकामा भातखाने डाँडामा संचालित घुम्ती शिविरको पहिलो दिन ८३ जनालाई नागरिकता को प्रमाणपत्र वितरण गरिएको छ । घुम्ती सेवा शिविरका संयोजक तथा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी धु्रव गिरीका अनुसार १७ बर्षका युवा देखि ७२ बर्ष सम्मका ज्येष्ठ नागरिक सम्म ले नागरिकताको प्रमाणपत्र लिइका छ्न् ।

बिद्युत अबरुद्ध भएका कारण सोचे जति नागरिकता बितरण गर्न नसकिएको ताराखोला गाउँ पालिका २ का अध्यक्ष भद्र बहादुर घर्तीले बताए । यसै गरि पहिले छुटेका र नयाँ नागरिकता प्राप्त गरेका सहित आज १०२ जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन ।

गाउँपालिकाको केन्द्र अर्गल भात खाने डाँडामा संचालित उक्त शिबिरबाट गाउँपालिकाका ५ बटै वडा ९साबिक का ४ बटै गा बि स अ्मरभुमी,हिल,अर्गल, तारा० का स्थानीयले लाभ लिएका छन ।

घुम्ती सेवा शिबिर आज र भोलि २ दिन सम्म मात्र संचालन हुने हुदा भोलि सेवा ग्राहीको चाप बढी हुने देखिएकाले बिहान ७ बजे बाटै शिबिर संचालन हुने जनाइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply