पोखरा २०७४ साउन २२ । समाजमा जनचेतनाको भावना विकास गराउने उद्देश्यले पोखरा ले.मा.न.पा वडा न.१३ को संगम टोल विकास संस्था र ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र कुँडहरको संयुक्त आयोजित तीन दिवसीय प्रशिक्षणको समापन आज सम्पन्न भयो ।
समयको महत्व, तनाव, स्वस्थ्य, खुशी आदि विषयहरुमा प्रशिक्षण दिदै ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दमौलीका राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु खड्काले हामीले जे कुराहरु हेरर्छौै, सुनछौ त्यसको प्रभाव हाम्रो मन मस्तिष्कमा पर्ने र अनि मानिसको दैनिक व्यवहारलाई प्रभाव पर्ने भएकोले, दैनिक राजयोग ध्यानको माध्यमबाट मनलाई स्वच्छ बनाउन सकिने बताए ।
प्रशिक्षणमा नमूना टोलका अध्यक्ष शेरकाजी गुरु¨, गौडामुख टोल आमा समुहकी अध्यक्ष पारु हमाल, संगम टोल विकास संस्थाका अध्यक्ष एक बहादुर गुरु¨ पि.एक क्याम्पसका प्रोफेसर डा.तारा नाथ बराल, समाजसेवी घनश्याम बराल लगाएतका महानुभावहरुले प्रशिक्षणको अनुभव व्यक्त गर्दै यस्ता प्रकारका प्रशिक्षणको माध्यम बाट समाजमा भएका मानसिक प्रदुषणलाई हटाई नागरिकहरुको चेतनाको स्तरलाई सकारात्मक बाटो तिर लैजान सकिने बताए ।
कार्यक्रमको संचालन राजयोग केन्द्र कुँडहरकी संचालिका ब्रह्माकुमारी अप्सराले गरेकी थिईन् ।
प्रशिक्षमा १३५ जना महिला र पुरुषहरुको सहभागित रहेको थियो ।