गल्कोट २०७४ साउन २४ । स्वतन्त्र बिद्यार्थी युनियन गलकोट बहुमुखि क्यापसको आयोजनामा आज एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले गलकोट क्षेत्रको एकमात्र क्यापस गलकोट बहुमुखी क्यापस भएको भन्दै क्यापसले दक्ष जनशक्ति उत्पादन तर्फ जोड दिनुपर्ने बताए ।
क्यापस ब्यवस्थापन समितिका पदेन सदस्य समेत रहेका गैरेले क्यापसको आर्थिक अवस्था कमजोर रहेको भन्दै नगरपालिकाबाट केहि सहयोग गर्ने बचन दिए ।
एक फरक प्रसंगमा गैरेले पछिल्लो समय निर्वाचन क्षेत्र बिभाजनको बिषय चलिरहेको भन्दै गलकोट नगरपालिका एउटै निर्वाचन क्षेत्रमा समावेस हुनुपर्ने बताए । उनले गलकोट टुक्रिय गलकोटबासीलाई सह्य नहुने स्पष्ट पारे ।
नगरपालिकाका उपप्रमुख रेनुका काउचा मगरले आफु पनि बिद्यार्थी राजनीतिबाट अगाडि बढेको स्मरण गर्दै बिद्यार्थीहरुका हरेक समस्यासँग समन्वय गरेर जाने बताईन । उनले गलकोट क्षेत्रका शिक्षाको अगुवाई गलकोट बहुमुखी क्यापसले गर्ने भन्दै हरेक शैक्षिक कार्यमा नगरपालिका क्यापससँग सहकार्य गरेर अगाडि बढ्ने बताईन।
कार्यक्रममा क्यापसका नवनिर्वाचित क्यापस प्रमुख कृष्णप्रसाद गौतमले क्यापसको प्रमुख समस्या आर्थिक भएको भन्दै पहिले आर्थिक पक्ष मजबुत बनाउने बताए । गौतमले क्याम्पसलाई नमुना क्यापसको रुपमा स्थापना गर्नका लागी बिद्यार्थी, प्रध्यापक र क्यापस ब्यवस्थापन समिति प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।
तिका अध्यक्ष मुकुण्द भण्डारीले पछिल्लो समय धेरैजसो क्यापसहरु शैक्षिक गुणस्तर अभिबृद्धितर्फ लम्किरहेको भन्दै शैक्षिक पक्षलाई मजबुद बनाउने तबरले कार्य गनुपर्नेमा जोड दिए ।
त्यस्तै निर्वतमान क्यापस प्रमुख देबेन्द्र बहादुर खत्रीले क्याम्पसले आगामि दिनमा कसरी शैक्षिक पक्षलाई गुणस्तरिय बनाउने बिषयमा प्रकाश पारेका थिए ।
कार्यक्रममा गलकोट नगरपालिकाका बिपद ब्यवस्थापन समितिका संयोजक वीरजङ भण्डारी, साहायक क्यापस प्रमुख झलक पाण्डे, डिलाराम सुेबेदी लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
सो अवसरमा गलकोट नगरपालिकाका प्रमुख गैरे, उपप्रमुख काउचा मगर, वाड नम्बर ३ का अध्यक्ष वीरजङ भण्डारी, गलकोट बहुमुखी क्यापसका प्रमुख गौतम र साहायक क्यापस प्रमुख पाण्डे लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रम स्वतन्त्र बिद्यार्थी युनियन गलकोट बहुमुखी क्यापसका सभापति गुमानसिह भण्डारीको अध्यक्षता, उपसभापति सीता खत्रीको स्वागत मन्तब्य, सचिव जमुना पुन र सहसचिव निरज श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।