Sorry, that menu does not exist.
 

गरीबी, अशिक्षा र चेतनाको अभावले जिल्लामा मानव अधिकारको अवस्था खस्कियो – प्रजिअ तिवारी

कोपिला कंडेल, बागलुङ २०७४ साउन २६ । मानव अधिकारको संरक्षण र प्रबद्र्धनका लागि सबै सरोकारवालाले समान भुमिका निर्वाह गर्नुपर्ने आज बागलुङ्मा आयोजित एक कार्यक्रमका सहभागिले बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखराले आयोजना गरेको जिल्लामा मानवअधिकारका पाँच प्राथमिक बिषय निर्धारण विषयक छलफल कार्यक्रमका सहभागिले यस्तो बताएका हुन । जिल्लामा बिशेष गरी खाद्य तथा स्वास्थ्य अधिकार, शैक्षिक, आर्थिक, बाल तथा महिला अधिकार र ज्येष्ठ नागरिकका अधिकारको अवस्था खस्किदै गएको भन्दै सहभागि सरोकारवालाले चिन्ता ब्यक्त गरे ।

मानवअधिकारको संरक्षणका लागि संबिधान र कानुनमा बिभिन्न अधिकारको व्यवस्था भएपनि कानुनमा कार्यान्वयन हुन नसकेको भन्दै सहभागिले मानवअधिकारको संरक्षणका लागि राज्यनै उदासीन बनेको टिप्पणी गरे ।

सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मानवअधिकारको संरक्षण गर्नु सबैको समान दायित्व भएको बताए । गरिबी अशिक्षा र चेतनाको अभाव लगायतका कारणले जिल्लामा मानवअधिकारको अवस्था खस्किएको चर्चा गदै प्रमुख जिल्ला अधिकारी तिवारीले सरकारले नीतिगत योजना बनाएर सबैखाले समस्याको समाधान गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक चन्द्र कुवेर खापुङ्गले जिल्लाको दुर्गम क्षेत्रमा मानवअधिकार उल्लंघनका घटना अझ बढि हुने गरेको भन्दै यस्ताखाले घटना न्युनिकरणका लागि सरोकारवाला एक भएर लाग्नुपर्ने बताए ।

कार्यक्रमको सहजिकरण गर्दै मानवअधिकार आयोग क्षेत्रिय कार्यालय पोखराका प्रमुख खेमलाल सुबेदीले मौलिक अधिकारको संरक्षणका लागि राज्यनै उदासीन बनेको भन्दै सबैको एकता सहकार्य र समन्वय बाटनै जिल्लामा मानवअधिकारको संरक्षण गर्न सकिनेमा जोड दिए ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव लाल बहादुर थापा, राजमोका सचिव धर्म कुवर, सहायक जिल्ला शिक्षा अधिकारी कुश्मराज उपाध्याय, पुनराबेदन बार ईकाई बागलुङका अध्यक्ष केशवराज पराजुली, एड्भोकेसी फोरम धौलागिरी संयोजक राम शर्मा, जिल्ला खानेपानीका अध्यक्ष हरी प्रसाद श्रेष्ठ, सचिव राम बहादुर केसी, नेपाल मानव अभिकार संगठनका संयोजक काजी गाउले श्रेष्ठ, खानेपानि डिभिजन कार्यालयका प्रमुख पुर्ण प्रसाद उपाध्याय, स्वास्थ्यकर्मी टेक बहादुर केसी, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ जिल्ला अपाङ्ग संजालका होमनाथ आचार्य, सेतो गुरास बालबिकास केन्द्रका पंफा खड्का, अपाङ्ग सरोकार सघंका राम प्रसाद घिमिरे, एमाले नगर प्रमुख गोबिन्द गौतम, भुपाल चालिस, पत्रकार महासघं बागलुृङ्ग शाखाका निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, सल्लाहकार कोपिला कंडेल, र फोटो पत्रकार महासघंका केन्द्रिय सदस्य किरण आचार्य लगायतले मानवअधिकार उल्लंघनका घटना बारे बोलेका थिए ।

तस्वीर- किरण आचार्य

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply