कोपिला कंडेल, बागलुङ २०७४ साउन २८ । नेपालीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर बाल संरक्षण बिकास समिति बागलुङ नेपालले आज संस्थागत परिचय एबं दरखाने कार्यक्रम सम्पन्न गरेको छ ।
बाबुआमा गुमाएका एबं बेसाहारा र बेबारिसे बालबालिकाको हकहितको लागि गठित संस्थाले आफ्नो संस्थागत परिचय सहित दरखाने कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बोल्ने सहभागिले बालबालिकाको हकहित र संरक्षण गर्नु सबैको दायित्व भएको बताए । बालअधिकार सम्बन्धी नेपालमा बिभिन्न खाले ऐन कानुनहरु निर्माण भएपनि ब्याव्हारमा कार्यान्वयन हुन नसकेको भन्दै बालबालिकाको संरक्षण र बिकासका लागि यस्ताखाले कार्यक्रममले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा बोल्दै बागलुङ उद्योग बाणिज्य सघंका अध्यक्ष जयराम भारीले बालअधिकार संरक्षणका लागि पहिलो भुमिका परिवारले निर्वाह गर्नुपर्ने बताए । कतिपय बालबालिका घरपरिवारको बेवास्ताका कारण पनि कुलतमा फस्न पुगेको चर्चा गर्दै उनले बालबालिका क्षेत्रमा आफ्नो तर्फबाट पनि सक्दो भुमिका निर्वाह गर्ने बताए ।
सो अवसरमा बानपा २ का अध्यक्ष जीवन आचार्य, महिला तथा बालबालिका कार्यालयका प्रमुख दिल कुमारी शर्मा, जिल्ला बन कार्यालयका प्रमुख बिन्दु कुमारी मिश्र, समाजसेबी देब बहादुर श्रेष्ठ, बुद्धी बहादुर केसी, पत्रकार महासघं बागलुङ शाखाका सल्लाहकार कोपिला कंडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
बिभिन्न सहारा बिहिन बालबालिकाको संरक्षण गर्ने उदेश्यले गठित संस्थाको अध्यक्षमा धना आचार्य सहित ७ सदस्यीय समिति गठन भएकोे छ । समितिको उपाध्यक्षमा कमला पराजुली, सचिव भिम बहादुर केसी, सहसचिव अर्जुन पौडेल, र कोषाध्यक्षमा रामकृष्ण शर्मा र सदस्यमा श्याम प्रसाद आचार्य र मिना शर्मा रहेका छन् । त्यसैगरी जनकराज पौडेल, सुरेन्द्र खड्का, धुर्व बहादुर केसी, बसन्त कुमार श्रेष्ठ, शकुन्तला शर्मा र भुमिराज आचार्य र कानुनी सल्लाहकारमा अधिवक्ता हरी प्रसाद शर्मा रहेको ७ सदस्य सल्लाहकार समिति समेत गठन भएको समितिका सचिव भिम बहादुर केसीले जानकारी दिए ।
कार्यक्रम बाल संरक्षण बिकास समिति बागलुङका अध्यक्ष धना आचार्यको अध्यक्षता, उपाध्यक्ष कमला पराजुलीको स्वागत मन्तब्य र सचिव भिम बहादुर केसीको संचालनमा सम्पन्न भएको थियो ।
यसैवीच सहज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले आज महिला शेयर सदस्यका लागि आजदेखी ३ दिने उद्घोषण कला तालिमको शुरुआत गरेको छ । महिलाहरुको महानपर्व हरितालिका तीजको अवसर पारेर महिला सशक्तिकरण गर्ने उदेश्यले तालिमको आयोजना गरिएको सहज बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ । कार्यक्रमको उद्घाटन पत्रकार महासघं बागलुङका अध्यक्ष दिल शिरिषले गरेका थिए ।
सो अवसरमा सहज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङका संस्थापक अध्यक्ष जगन्नाथ साप्कोटा, अध्यक्ष हरि प्रसाद साप्कोटा, सहकारीका सल्लाहका एबं पत्रकार कोपिला कंडेल, सहकारीका शिक्षा उपसमिति संयोजक अनुप रिजाल र कोषाध्यक्ष देबी कुमारी शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
३ दिन सम्म संचालन हुने तालिमको नेपाल पत्रकार महासघं बागलुङ्ग शाखाका अध्यक्ष दिल शिरिष, सहकारीका सचिव एबं काठेखोला गाउंपालिका वडा नम्वर १ का अध्यक्ष खडग थापा, सहकारीका सल्लाहकार बिकास पौडेल, सहकारीका सल्लाहकार एबं पत्रकार कोपिला कंडेल लगायतले सहजिकरण गर्ने आयोजकले बताएका छन् ।
One Comment