खगेन्द्र विश्वकर्मा, बागलुङ २०७४ साउन २९ । शिव ४ मेडियाको प्रस्तुतिमा मुक्ति सापकोटाको लोक दोहोरी गीत नेपालकै नम्बर १ कालेकाले डन गीतको भिडियो सार्वजनिक भएको छ ।
अन्य भिडियोको तुलनामम धेरै खर्च लगानी, मेहनत तथा स्थलहरु र सास्कृतिक महत्त्वलाई झल्काईएको निर्देशक रविन शंकरले बताएका छन् ।
तराई र पूर्विभागमा लोक दोहोरी गीतको प्रभावलाई बलियो गरि बाँध्ने कसीको रुपमा लिईएको छ । म्युजिक भिडियो निर्देशन र नृत्यमा चर्चित मोडल रविन शंकर प्रस्तुत गीतमा नेपालको नम्बर १ काले डन भएका छन् । अन्य म्युजिक भिडियोमा मदेशमा रहेको नेपालकै सम्पत्ति एकसिङे गैडा सांस्कृतिक सम्पदा झाम्ता नाच , दैनिकी काम काज माछा मार्ने देखि खरको छानो हात्ती गैडाको सिकार हुनुपर्ने हरेक पक्षलाई शृङगारीक रस भरेर गीतमा प्रस्तुत भएको छ । साँस्कृतिक भेषभुषालाई भिडियोमा प्रस्तुत गरिएको छ । भिडियो निर्माण पक्षले अन्य भिडियोको तुलनामा धेरै खर्च भएको बताएका छन् ।
मुक्ति सापकोटाको शब्द लय स्वरमा देवी घर्तीको पनि रहेको छ । विनोद बाजुरालीको संगीत संयोजन रहेको गीतमा कृष्ण शाह शंकरको नृत्य निर्देशन र रविन शंकरको निर्देशनमा निर्देशक आफै र सुस्मिता तिवारी लगाएतको मुख्य भुमिका रहेको छ । भिडियो रामेश्वर कार्कीले खिचेका हुन तारा थापा किम्भेले सम्पादन गरेका थिए ।