गल्कोट २०७४ साउन २९ । एकीकृत अखिल नेपाल शिक्षक संगठन गलकोट नगर भेला हटियामा आज सम्पन्न भएको छ । भेलामा बोल्दै एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रदेश न ४ का सहसंयोजक चन्द्रदत्त रेग्मीले बदलिँदो संरचना अनुसार शिक्षकहरूको पेशागत भूमिकामा पनि परिवर्तन हुने भएकोले शिक्षकहरूले आफ्नो हक र अधिकार प्राप्तिको लागि दायित्व पूरा गर्नुपर्ने वताए ।
भेलामा नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटीका अध्यक्ष तिलक उप्रेती, जिल्ला सदस्य भक्तबहादुर बिष्ट, मेघराज रेग्मी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
भेलाले चूडामणि सुवेदीको संयोजकत्वमा २७ सदस्यीय प्रथम नगर सम्मेलन आयोजक समिति गठन गरेको नगर कमिटी सदस्य हेम बहादुर बुढाथोकीले बताए ।
उक्त अवसरमा आगामी भदौ १७ गते हटियामा सम्पन्न हुने प्रथम गलकोट नगर सम्मेलन सफल पार्न चूडामणि सुवेदीको संयोजकत्वमा वीरबहादुर चोखाल र कृष्ण कुमार श्रेष्ठ सदस्य रहेको हल तथा मञ्च व्यवस्थापन समिति, वीर बहादुर चोखालको संयोजकत्वमा हेम बहादुर बुढाथोकी र मेघराज रेग्मी सदस्य रहेको प्रचार प्रसार तथा पत्राचार समिति, मेघराज रेग्मीको संयोजकत्वमा डिल बहादुर बुढाथोकी, हेम बहादुर बुढाथोकी, नरबहादुर थापा र बीर बहादुर चोखाल सदस्य रहेको आर्थिक व्यवस्थापन समिति, कृष्ण कुमार श्रेष्ठको संयोजकत्वमा तारापति न्यौपाने, खिमा अधिकारी, माया रेग्मी र ब्रिन्द वहादुर खत्री सदस्य रहेको अतिथि सत्कार समिति गठन गरिएको सदस्य ब्रिन्दा बहादुर खत्रीले जानकारी दिए का छन ।
भेला संयोजक चूडामणि सुवेदीको अध्यक्षता सदस्य खिमा अधिकारीको स्वागत मन्तव्य र सदस्य हेम बहादुर बुढाथोकी को सन्चालनमा सम्पन्न भएको छ ।