Sorry, that menu does not exist.
 

बागलुङमा यस्तो देखियो जोगी नाँच !

बागलुङ २०७४ साउन ३१ । बागलुङमा वर्षे नाचँको रमझम क्रमश घट्दै गएको छ । विगत भन्दा गत, गत भन्दा यस साल भदौरे नाँचको रमझममा कमी आएको ठम्याई दर्शकहरुको छ ।

भदौरे नाँचहरु प्रदर्शन गर्ने समयमा तीजी कार्यक्रमहरुको ताँतीले पनि भदौरे नाँचहरुलाई असर पारेको बताउछन् नाँच प्रेमीहरु । केहि वर्ष पहिले सम्म बागलुङ बजारमा देखाईने कटुवाल नाँच, रोपाई नाँच, जोगी नाँच, लाखे नाँच हनुमान नाँचहरुको बासना वरपरका जिल्लाहरुमा निकै चल्ने गरेको थियो । अर्थात यी नाँचहरु हेर्न छिमेकी जिल्लाहरुबाट समेत दर्शकहरु आउँथे तर अहिले आएर त्यो चलन लगभग हराएको छ ।

यसै सिलसिलामा हिँजो दिउँसो बागलुङ बजारमा देखाईएको जोगी नाँच भन्दा जोगी भएर नाँच्ने बाल बच्चाहरुलाई देखेर कठैबरा भनेको पनि सुनियो । आजका नानीहरुलाई सिकाउदै गए भोलिका वर्षहरुमा कलाकार उत्पादन गर्न सजिलो हुन्छ भन्ने बुझेरै आयोजकहरुले बढी बाल बच्चाहरुलाई जोगी नाँचमा सहभागी गराएको हुन सक्छ ।

तर,परम्परा देखी चलिआएका संस्कृति (नाँचहरु)लाई लोप हुन दिन भएन भन्नेतिर सरोकारवालाहरुले विचार पुराउनु पर्ने देखिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply