सुमन सुनार, बुर्तिबाङ २०७४ भदौ १ । हरेक महिनाको १ र १५ गते बजार बन्द गर्न व्यवसायीलाई आग्रह गर्दै आएको उद्योग वाणिज्य संघ इकाई बुर्तिबाङले आजबाट बजार खुल्ला गर्ने भएको छ ।
हरितालिका तीज पर्व नजिकिदै गर्दा सर्व साधारणहरुलाई सामान खरिदमा सहजता ल्याउन सबै व्यवसायीले आफ्नो व्यवसाय खोल्न आग्रह गरिएको संघका अध्यक्ष चिन्तामणी शर्माले बताए ।
यस अघिल्ला वर्षपनि पर्वका अवसरमा बजार खोन्ले गरिएकाले यस वर्षपनि सबै पसलहरु आजदेखि अर्को निर्णय नहुँदासम्म खुल्ला राखी आफ्नो व्यवसाय सञ्चालन गर्न र सबै साधारणलाई सेवा प्रदान गर्न उद्योग वाणिज्य संघको आह्वान गरिएको बजार बन्द खुलला गरिएको अध्यक्ष शर्माले जानाकारी दिए ।
उद्योग वाणिज्य संघ इकाई बुर्तिबाङको आह्वानमा पश्चिम बागलुङको खरबाङ, खार, खाल, भिमगीठे, बुर्तिबाङ लगायतका बजार महिनाको दुईदिन बन्द हुँदै आएको थियो ।