Sorry, that menu does not exist.
 

संघीयताको नाममा नागरिकमाथि अनावश्यक कर थोपरेर राज्य विलासितामा फस्दै गयो:राजमो

कमल राना, बुर्तिवाङ २०७४ भदौ १ । राष्ट्रिय जनमोर्चा बागलुङले ढोरपाटन नगरपालिकामा विहिबार भेला सम्पन्न गरेको छ ।
जनमोर्चाले संगठन सुदृढिकरण गर्ने उद्धेश्यले भेला गरेको हो । भेलामा राष्ट्रिय जनमोर्चाका महासचिब जनकराज शर्माले संगठन, जनमोर्चाले उठाउँदै आएको मुद्धा, राष्ट्रियताको सवाल लगायतका विषयमा सहजिकरण गरेका थिए ।

जिल्ला सदस्य गैरीश्वर पाण्डे र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैँठौ)का महासचिव भिमलाल पोख्रेलले नेपाल रहे मात्र नेपाली रहने भन्दै संघीयताले नेपाललाई झनै कमजोर बनाएको बताएका थिए ।

उनीहरुले संघीयताको नाममा नागरिकमाथि अनावश्यक कर थोपरेर राज्य विलासितामा फस्दै गएको भन्दै त्यही चरित्रले नै संघीयतालाई खारेज गर्ने विश्वास व्यक्त गरेका थिए ।

भेलाले ढोरपाटन नगर पालिका वडा न. १ बुर्तिवाङमा दल बहादुर भण्डारीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय जनमोर्चा वडा समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा केश कुमारी बुढा, सचिवमा निर बहादुर बि.क, कोषाध्यक्षमा शान्ती बुढाथोकी, सह–सचिवमा धन कुमारी पुन रहेका छन् । त्यस्तै सदस्यमा भिमलाल पाण्डे, दुर्गा सुचिकार, बोम बहादुर सुनार, केशवराज पाण्डे, उर्मिला सुनार र ओम बहादुर घर्ती रहेका छन्।

कार्यक्रममा धनबहादुर कुमार बुढाथोकीले निर्वाचित जनमोर्चा वडा समितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए भने नवचिर्वाचित वडा अध्यक्ष दल बहादुर भण्डारीले पदमा रहुन्जेल र पदबाट बाहिर हुँदा पनि पार्टी र जनताको हितमा काम गर्ने प्रतिबद्धता जनाएका थिए ।

राष्ट्रिय जनमोर्चाका दुर्गा देवीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तिलक बुढाले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply