Sorry, that menu does not exist.
 

बुर्तिबाङमा विद्यालय सुधार योजना निर्माण तथा लैंगिक सचेतीकरण तालिम सुरु !

सुमन सुनार, बुर्तिबाङ २०७४ भदौ २ । ढोरपाटन नगरपालिका वडा नं. १ बुर्तिबाङमा विहिबार देखि विद्यालय सुधार योजना निर्माण तथा लैंगिक सचेतीकरण सम्वन्धी ३ दिने तालिम सुरु भएको छ ।

प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग, जिल्ला शिक्षा कार्यालय बाग्लुङको संयोजन तथा नेपाल गाँजा डेभलभमेन्ट फाउन्डेशन बाग्लुङको आयोजनामा बुर्तिबाङ स्थित मिराज होटलमा विहीबार देखि सो तालिम सुरु भएको हो ।

भोलि भदौ ३ गते सम्म सञ्चालन हुने तालिममा साविक बुर्तिबाङ, बोबाङ, र निसीका गाउँविकास समितिका १२ वटा विद्यालयका विद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधीकारी तथा प्रधानध्यापकहरुको सहभागीता रहेको छ ।

तालिममा प्रत्येक विद्यालयका २÷२ जना गरि २४ जनाको सहभागीता रहेको छ । तालिममा जनजागृती माध्यमिक विद्यालय बोंगादोभान स्रोत केन्द्रका स्रोत ब्यक्ती बेद बहादुर बुढा, उत्तरगंगा माध्यमिक विद्यालय बुर्तिबाङ स्रोत केन्द्रका स्रोत ब्यक्ती हरिचन पाण्डे, नेपाल गाजा डेभलप्मेन्ट फाउन्डेशन बागलुङका प्रोजेक्ट अफिसर दिननाथ आचार्य र प्लान ईन्टरनेशनल नेपालका प्रोजेक्ट अफिसर जानुका घिमिरेले विद्यालय सुधार योजना निर्माण सम्वन्धी तालिममा सहभागीलाई प्रशिक्षण दिईरहेका छन भने प्लान ईन्टरनेशनल नेपालका जेन्डर अफिसर कमला उप्रेतीले लैंगिक सचेतना सम्वन्धी प्रशिक्षण दिएकी छिन् ।
तस्वीर- लक्ष्मी थापा ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply