बुर्तिवाङ २०७४ भदौ ७ । अखिल छैठौ बागलुङको संगठन निर्माण तथा विद्यार्थी जागरण अभियान २०७४ ढोरपाटन नगरपालिकाबाट मंगलवार देखि सुरु भएको छ । उक्त अभियान अन्तर्गत हिजो ढोरपाटन नगरपालिका वडा नं. ७ ढोरपाटन स्थीत ज्योती विकास आधारभुत विद्यालयमा पहिलो भेला सम्पन्न भएको छ ।
अखिल छैठौ बागलुङले जिल्ला भर सञ्चालन गर्न लागेको उक्त अभियान यस ढोरपाटन नगरपालिकामा वडा नं. ७ बाट सुरु गरिएको अखिल छैठौ बाग्लुङका जिल्ला अध्यक्ष शिव चालिसेले बताए ।
सो विद्यालयमा भएको पहिलो भेलामा जिल्ला अध्यक्ष चालिसेको अध्यक्षता रहको थियो भने अखिल छैठौका केन्द्रीय महासचिव भिमलाल पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । भेलालाई संवोधन गर्दै प्रमुख अतिथि पाखरेलले नेपालको शिक्षा प्रणाली ब्यबहारीक र जीवन उपयोगी नभएको भन्दै अवको विद्यार्थी अन्दोलन मार्फत शिक्षा प्रणाली बैज्ञानिक ब्यवहारीक र जिवन उपयोगी बनाउदै लैजानुपर्ने बताए ।
यस्तै राष्ट्रिय जनमोर्चाका केन्द्रिय महासचिव जनकराज शर्माको विशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सदस्य धन बहादुर अदै, ढोरपाटन नगरपालिका–७ का अध्यक्ष दिपक थापा, विद्यालयका प्रधानाध्यपक चक बहादुर अदै, समाजसेवी चन्द्र शिंह कुमाई लगायतको आतिथ्यता रहेका थियो ।
विद्यालयका विद्यार्थीहरुको सहभागीता रहको भेलाले लाल बहादुर अदैको अध्यक्षतामा २३ सदस्य अखिल छैठौ मुल ईकाई समितिको गठन गरिएको छ । जसको उपाध्यक्षमा यमुना अदै, सचिवमा चुडा बहादुर विश्वकर्मा, सहसचिवमा चुनमती विश्वकर्मा, कोषाध्यक्षमा सम्झना थापा रहनुभएको छ भने अन्य सदस्यहरु रहेका छन् । भेलाको सञ्चालन अखिल छैठौ बाग्लुङका केन्द्रीय सदस्य अर्जुन शर्माले गरेका थिए ।