थम्मन थापा सन्देश, गल्कोट २०७४ भदौ ८ । ‘लोपोन्मुख कला, संस्कृति हाम्रो शान : नाच्ने डॉडाको संरक्षण हाम्रो अभियान’ भन्ने मुल नाराका साथ नाच्ने डॉडा संरक्षण समाज गलकोट नगरपालिका- ७ मल्म बागलुङले मल्मको ऐतिहासिक नाँच्ने डाँडामा आयोजना गरेको बृहत तीज कार्यक्रम सम्पन्न भएको छ ।
बृहत तीज कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी एवं गल्कोट नगरपालिकाकी उपमेयर रेणुका काउचाले पछिल्लो समय तीज पर्व भड्किलो र खर्चिलो बन्दै गईरहेकोमा चिन्ता जताउर्द यस प्रति सजग हुनु पर्ने बताईन् । अब महिलाहरु पनि नेतृत्व तहमा अग्रसर हुनु पर्ने समय आएको कुरामा जोड दिदै सबै महिलाहरु अगाडि बढनु पर्ने उपमेयर काउचाको भनाई थियो ।
आज सम्पन्न खुल्ला तीज गीत नृत्य प्रतियोगितामा १४ समुहको सहभागिता रहेकोमा मिलन आमा समुह हटिया शेरा बजार प्रथम, न्यू लाईफ सेकेण्डरी स्कुल गलकोट टिम ए द्वितिय, सिर्जनशिल आमा समुह आगॉखेत तृतिय, शिव मावि कॉडेबास र गलकोट मावि हटिया सान्तवना भएका छन ।
मेलामा पुराना तीज भाकामा खुल्ला नाचगान, नृत्यहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा आगॉखेतकी ज्येष्ठ महिला ९० वर्षिय लिला थापा, आगन्तुक चेली चरौंदीकी ७४ वर्षिय जयकली बस्नेत, सक्रिय महिला समाजसेवी भल्साङकी चन्द्रा कुमारी थापा र गलकोट नगरपालिका ७ का नवनिर्वाचित महिला सदस्यहरु मिना दर्जी र पदमा नेपालीलाई अभिनन्दन गरिएको थियो ।
सो अवसरमा प्रायोजक एवं सहयोगदातालाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रम नाच्ने डॉडा संरक्षण समाज गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष कोपिला खडकाको अध्यक्षता, सदस्य मधु खडकाको स्वागत र सचिव कोपिला थापा र सहसचिव थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।