पूर्णभद्र निउरे, गल्कोट ताराखोला २०७४ भदौ २१ । । ताराखोला गाउपालिका- ५ तारामा निजी लगानीमा २२ किलो वाट क्षमताको बिधुत उत्पादन गरिएको छ । साबिक तारा गाबिसको छेल्दोर खोलामा ९५ लाख रुपयाँको लगानीमा सो बिद्युत उत्पादन गरिएको हो । बिद्युत उत्पादनका लागि ३४जना स्थानीयले न्युनतम ५० हजार देखि अधिकतम ५ लाख सम्म शेयर् लगानी गरेको आयोजनाका अध्यक्ष रण बहादुर पुनले जानकारी दिए । ,
गत २०७३ चैत्र देखि निर्माण कार्य सुरु गरिएको उक्त कार्य ६ महिनाको अबधीमै सम्पन्न गरिएको कोषाध्यक्ष हर्कमान घर्तीले बताए । घर्तीका अनुसार आयोजना सम्पन्न गर्ने अबधी सम्ममा ६५ लाख शेयर संकलन भएको र २० लाख बराबरको शेयर सदस्यबाट श्रमदान गरिएको र १० लाख जति ऋण रहेको छ। आयोजना संचालनमा ल्याउनका लागि ओसिन पावर सर्भिस प्रा लि बुटवलले प्राबिधिक सहयोगको काम गरेको थियो ।
प्रतिकुल मौसमका बाबजुद पनि स्थानीय समुदायको जागरुकताका कारण छोटो समय मै बिधुत उत्पादन गर्न सकिएको आयोजनाका सब ओभर सियर हेमराज रेग्मीले बताए । उत्पादित बिधुत अहिलेलाई शेयर सदस्य तथा त्यस आसपास का घर धुरीमा बितरण गरिने र मागका आधारमा उद्योग कलकारखाना, संघ संस्थाहरुलाई बितरण गरिने उपाध्यक्ष रबिन घर्तीको भनाइ छ ।
निर्माण कार्य सम्पन्न पछि आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।सो अबसरमा ओसिन पावर सर्भिस प्रा लि का मेनेजर ज्योति प्रकाश आचार्य , ताराखोला गाउपालिका वार्ड न ५ का वार्ड अध्यक्ष राम बहादुर रोका , वार्ड सदस्य दलराम पुन , महिला सदस्य सपना देवी बुढाथोकी ,आयोजनाका उपाध्यक्ष रबिन घर्ती ,गल्कोट पत्रकार समाजका सचिब पूर्ण भद्र निउरे, लाबाङ प्रा बि का प्र अ पोक बहादुर घर्ती , नारायण घर्ती, खिम बहादुर पुन , दिपक रोका , लगायतले मन्तव्य व्यक्त गरेका थिए । उदघाटन कार्यक्रम छेल्दोर खोला जलविद्युत आयोजनाका अध्यक्ष रण बहादुर पुनको अध्यक्षता , सदस्य लक्षुमण रोकाको स्वागत र दिल बहादुर घर्तीको संचालन मा सम्पन्न भएको थियो ।