Sorry, that menu does not exist.
 

स्थानिय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न एमालेको माग !

बागलुङ २०७३ माघ ९ । नेकपा एमाले जिल्ला कमिटी बागलुङको पहिलो बैठकले गरेको निर्णय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै संबिधान संसोधन प्रस्ताव फिर्ता लिई स्थानिय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारसंग माग गरेको छ ।

एमाले बागलुङले नेपाली जनताले सदियौदेखि देखेको देश बिकास र सम्मृद्धिको सपनालाई संविधान संसोधनको प्रस्तावले कुठराघात गरेको भन्दै प्रस्ताव फिर्ता लिई स्थानिय तहको निर्वाचनको मिति घोषणा गरि निर्वाचनको बातावरण सिर्जना गर्न माग गरेको छ ।

पत्रकार सम्मेलनमा संविधान कार्यान्वयनका लागि जिल्ला तहवाट दवाद दिनका लागि प्रभावकारी रुपले जनपरिचानलन अभियान संचालन गर्ने, माघ मसान्तसम्म बागलुङ क्षेत्र नं १ क्षेत्रीय कमिटी, क्षेत्र नं २, क्षेत्रीय कमिटी र नगर कमिटीको बैठक सम्पन्न गर्ने र अवधि पुगेको क्षेत्रीय कमिटी ३ को अधिवेशन फागुण २२ गर्ने सम्पन्न गर्ने निर्णय गरेको जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply