Sorry, that menu does not exist.
 

वामीको नि:शुल्क स्वास्थ्य शिविरमा दोश्रो दिन १४ सय ४६ जनाको स्वास्थ्य परिक्षण

कमल पौडेल, खर्वाङ बागलुङ २०७४ भदौ२२ । ब्रिटिश गोर्खा वेलफेयर स्किम जि.डब्लु.एस.को आयोजना तथा कादुरी एग्रिकल्चर एड एसोसियसन के ए ए ए को संयुक्त प्रायोजनमा गुल्मी मुसिकोट नगरपालिका ७ वामी टक्सारमा सुरु भएको ३ दिने निशुल्क स्वास्थ्य शिविरको दोश्रो दिन १४ सय ४६ जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।

आज जनरलतर्फ ७ सय २३ जना, आँखाको ४ सय ५३ जना, दाँतको १ सय ७० जनाको, तथा स्त्रिरोगको १ सय ८७ जनाको स्वास्थ्य परिक्षण गरिएको आयोजकले जनाएको छ । आँखाका रोगी मध्य ५५ जनाको आँखाको मोतियाविन्दुको शल्यक्रिया शुक्रवार गरिने वताइएको छ ।

त्यस्तै आज १ सय ४ जनाको दाँतको शल्यक्रिया गरिएको छ भने आज नै ४४ जनाको मोतिया विन्दुको शल्यक्रिया गरिएको छ ।

महेन्द्र आदर्श माविको प्रांगणमा सुरु गरिएको शिविरमा निशुल्क स्वास्थ्य परिक्षण, आँखाको मोतीयाविन्दुको अप्रेशन, दन्तरोग तथा सामान्य स्त्री सम्बन्धि रोगहरुको परिक्षण हुने शिविरको व्यावस्थापन गरिरहेको वेलफेयरका एरिया अफिसर गम वहादुर थापाले जानकारी दिए ।

मोतियाविन्दुको प्रा.डा. सल्मा केसी राई नेतृत्वको टोलीले सल्यक्रिया गरिरहेको पत्रकार लोकप्रसाद छन्त्यालले जानकारी दिए । शिविरमा शल्यक्रिया, औषधि तथा कुनैपनि सेवाको शुल्क नलाग्ने स्थानिय शिक्षक नविन कक्षपतिले जानकारी दिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply