शुक्रवार बागलुङ जिल्लाका विभिन्न स्थान एवं विद्यालयहरुमा ‘संघीय नेपाल सम्वृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार’ भन्ने नाराका साथ विविध कार्यक्रम गरि ३८ औँ शिक्षा दिवस तथा अन्र्तराष्ट्रिय साक्षरता दिवस मनाइएको छ । जिल्ला सदरमुकाममा आयोजित शिक्षा दिवसको कार्यक्रम भन्दा जिल्लाका विभिन्न विद्यालयहरुमा आयोजित कार्यक्रमहरु कम देखिएनन् । ग्रामिण भेगका विद्यालयहरुमा विद्यार्थी एवं अभिभावकहरुको उत्साहजनक सहभागिता रहेको देखियो ।
जिल्लाको सुदूर पश्चिम निसीभूजी क्षेत्र होस् या सदरमुकाम एवं गल्कोटको मध्यभाग या जिल्लाको दक्षिण खण्डका विद्यालयहरु किन नहुन विद्यालयहरुमा शुक्रवार साँच्चिकै उत्वस मनाईएको महसूस हुन्थ्यो । यो दिवस मनाई रहँदा कुनै पनि विद्यालयमा लोक गायक गायिकाहरुको ‘पेड’ उपस्थिति थिएन । विद्यार्थीहरुले स्वाभाविकरुपमा आफना क्रियाकलापहरु प्रदर्शन गरेर शिक्षा दिवस विशुद्ध रुपमा मनाएको पाईयो ।
यस सिलसिलामा बागलुङ जिल्लाको जैमिनी नगर पालिका वडा न. ९ पैयुँथन्थापमा रहेको बिजुवा माध्यामिक विद्यालयमा ३८ औँ शिक्षा दिवस विविध कार्यक्रम गरि भव्य र सभ्यरुपमा मनाइएको छ ।
दिवसको अवसरमा विद्यालयले प्रथामिक विद्यालय स्तरीय म्यूजिकल चियर, निम्न माध्यामिक विद्यालय स्तरीय र माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको थियो ।
कक्षा एक देखि तीन सम्मका विद्यार्थी बिच भएको म्यूजिकल चियर प्रतियोगितामा प्रथम रञ्जित थापा, द्धितीय समीर थापा र तृतीय कुशल शर्मा भए भने चार र पाँच कक्षाका विद्यार्र्थी बिच भएको म्यूजिकल चियर प्रतियोगितामा प्रथम हुमा घर्ती, द्धितिय अमृत जि.सी र तृतीय आकाश थापा हुनु भए ।
१५ जनाको सहभागिता रहको विद्यार्थी जीवनमा समयको महत्व विषयक निमावि स्तरीय वक्तृत्व प्रतियोगितामा रन्जना थापा प्रथम, चिरण शर्मा द्धितीय, मनिसा नेपाली तृतीय र आशिस थापा सान्तवना परस्कार बाट पुरस्कृत भएका थिए ।
त्यस्तै १२ प्रतियोगीहरुको सहभागिता रहेको ‘बर्तमान युगमा सञ्चार साधनहरूको महत्व’ मा.बि स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम नरमाया थापा, द्धितीय माया थापा, तृतीय हरिकला थापा र सान्त्वना पुरस्कारबाट किशोर थापा पुरस्कृत भए ।
कार्यक्रममा परिसूचन बाल कल्बकी सचिब नरमाया थापाले गीत प्रस्तुत गरेकी थिईन भने क्लवकी उपाध्यक्ष माया थापाले गजल वाचनका साथै शिक्षकहरुल गीत प्रस्तुत गरेका थिए ।
विजयी प्रतियागीलाई परिसूचन साप्ताहिकका मुख्य सम्वाददाता कमल रानाले पुरस्कार वितरण गरेका थिए ।
विजुवा मा.बिका प्रधानाध्यापक सरिता देवी थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन शिक्षक धु्रव आचार्यले गरेका थिए ।
प्रस्तुती: तन्मती रोका
२०७४ भदौ २४ ।
कुस्मीसेरा, जैमिनी नगरपालिका, बागलुङ ।