सुमन सुनार, गल्कोट भदौ २४ । अखिल छैठौ गल्कोट नगरपालिकाको प्रथम नगरभेला आज गल्कोटमा सम्पन्न भएको छ । अखिल छैठौकी धनकुमारी रानाको अध्यक्षतामा भएको भेलामा अखिल छैठौ केन्द्रीय सचिवालय सदस्य मनु सिंजालीको प्रमुख आतिथ्यता रहेको थियो ।
भेलालाई संवोधन गर्दै प्रमुख अतिथि सिंजालीले शिक्षा प्रर्णालीमा आमुल परिवर्तन गर्नका निम्ती युवा विद्यार्थीहरुको महत्ववश्यक रहेको उनको भनाई थियो ।
यस्तै भेलामा अखिल छैठौ बाग्लुङका जिल्ला अध्यक्ष शिव चालिसे, अखिल छैठौका केन्द्रीय सदस्य अर्जुन शर्मा, अखिल नेपाल ट्रेड युनियन अन्टुकका अध्यक्ष नारायण सापकोटा, राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला उपाध्यक्ष देविलाल सापकोटा, अखिल नेपाल पुर्ण रहने बताईन् । शिक्षा प्रणाली र समग्र राज्य सत्तालाई परिवर्तन गर्नका निम्ती बिद्यार्थीहरु सशक्त ढंगबाट संगठित भई अगाडि बढ्न आकिसान संघका रमानन्द गौतम, अखिल नेपाल युवक संघ गल्कोट नगरपालिकाका सचिव रेशम सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
छैठौको नगरस्तरिय भेलाले धनकुमारी रानाको अध्यक्षतामा १७ सदस्यीय गल्कोट नगरपालिका स्तरिय समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा लिल बहादुर विश्वकर्मा, सचिवमा विमल गौतम, सह–सचिवमा रमना श्रीष, कोषाध्यक्षमा गणेष सापकोटा रहेका छन् । साथै अन्य सदस्यहरुमा मनिसा विश्वकर्मा, पदम पुन, गौरब श्रीष, अस्मिता साप्कोटा, अनुस्का विश्वकर्मा, सम्पुर्ण सिंजाली, पुजा कुवँर, संगिता कुवँर, मुना गौतम, निर्मला कुवँर र एलिसा खत्री रहेका छन् ।
विमल गौतमको स्वागत मन्तब्यबाट सुरु भएको भेला अखिल छैठौ बाग्लुङका कोषाध्यक्ष राजेन्द्र कुवँरको सञ्चालनमा सम्पन्न भएको थियो ।