कोपिला कंडेल, बागलुङ २०७४ भदौ २५ । नेकपा माओबादी केन्द्रका केन्द्रिय कार्यालय सदस्य एबं प्रदेश नम्वर ४का ईन्चार्ज देब गुरुङले माओबादी आन्दोलनलाई उचाईमा पुर्याउनका लागि पद पैसा र प्रशंसाको मोह त्याग्नुपर्ने बताएका छन् ।
नेकपा माओबादी केन्द्र नगरकमिटि बागलुङले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता गुरुङले अव निर्वाचनमा जाँदा माओबादीले कार्यकारी राष्ट्रपति र पुर्ण समानुपातिक निर्वाचन प्रणालिको एजेण्डा लैजानुपर्नेमा जोड दिए । मुलुकलाई सम्मृद्ध बनाउनका लागि यी दुई मुद्दा महत्वपुर्ण हुनेमा उनको जोड थियो ।
अन्य बिपक्षी राजनीतिक दलले माओबादीलाई सिद्द्याउने उदेश्यले पद पैसा र प्रशंसा गर्ने गरेको भन्दै माओबादी केन्द्रका नेता गुरुङले अन्य पार्टीको मोहमा नफस्न आग्रह गरे । उनले पछिल्लो समय पार्टी अनेकौ टुक्रा भएकोले स्थानिय निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसकेको स्वीकार गर्दै ब्यक्तिबादी चिन्तनका कारण पार्टी बिभाजन भएकोले निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसकेपनि बैकल्पिक शक्तिको रुपमा माओबादी केन्द्रनै रहेको बताए ।
नेता गुरुङले भने पछिल्लो समय छुटिएर गएका शक्तिहरु समेत माओबादी केन्द्रमा समाहित हुन शुरु गरेकाले आगमी निर्वाचनमा माओबादीले अपेक्षित नतिजा हासील गर्नेछ । बिचारमा बिबिधता भएपति पार्टी भित्र एकताको बिकल्प नभएको उनको दावी थियो ।
सो अवसरमा नगरकमिटिका कोषाध्यक्ष अर्जुन चोखालले नेकपा माओबादी केन्द्र नगरसमितिले आगामी दिनमा अपनाउने कार्ययोजना बारे प्रकाश पा । कार्यक्रमेका थिए ।
नेकपा माओबादी केन्द्र नगर समितिका अध्यक्ष कुमार बिक्रम क्षेत्रीको अध्यक्षता, उपाध्यक्ष टिका बिकको स्वागत मन्तब्य र सचिव बाबु डियर हमालको संचालनमा सम्पन्न भएको थियो ।