Sorry, that menu does not exist.
 

बोंगादोभान-खुँखानीे मोटरबाटो मर्मत नहुँदा स्थानीयलाई सास्ती

राम सुवेदी, बुर्तिबाङ २०७४ भदौ २६ । नेपालीहरुको महान पर्व दशैँ तिहार नजिकै आईपुग्दा पनि बोँगादोभान खुंखानी मोटरबाटो मर्मत नहुँदा स्थानीयवासीलाई समस्या परेको छ । सो मोटरबाटोको ७० प्रतिशत खण्ड क्षतीग्रस्त बनेको छ ।

बागलुङ जिल्लाको अति दुर्गम मानिने तमानखोला गाउपालिकाको साविक खुंखानी गाविसमा गत वर्ष मोटरबाटो पुग्दा खुंखानीवासीमा आएको खुसी बर्णन गरिसाध्य थिएन । करीब दुई वर्षको अन्तरालमा सो सडक विभाग र साँसद क्षेत्र विकास पूर्वाधार कार्यक्रम अन्तरगतको ३ करोड बढी लागतमा बोंगादोभान हुँदै खुँखानीको शान्ति माविसम्म पु¥याइएको थियो । तर निर्माण गरिएको एक वर्षकै वरपर सो बाटोको अधिकांश भाग कतै कतै बाढीले बगाएको छ त कतै पहिरोले पुरेको वडाध्यक्ष हिराबहादुर विश्वकर्माले बताए ।

उक्त सडक सामान्य सञ्चालनका लागि करिव ३५ लाख बढी खर्च लाग्ने वडा सचिव रविन्द्र अर्यालको भनाई छ ।

गाउँमा यातायातको सहजता भएपछि त्यहाँ उत्पादन हुने आलुले बजार पाउने स्थानीय खुँखानीका कृषकहरुले अपेक्षा गरेका थिए । वषातसँगै सडक अवरुद्ध भयो । आफूहरुले उत्पादन गरेको आलु गाउँमै खेरजाने अवस्था आएको त्यहाँका कृषक बीरमान विक बताए ।

उक्त सडक मर्मतका लागि गाउँपालिकाबाट २५ लाख रुपैयाँ बजेट विनियोजन भएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए । दशै अगाडि संभव छैन, भएपनि गाउँपालिकामा प्राविधिक नभएपछि विनियोजन गरिएको बजेट स्टेमेट र खर्च कसरी गर्ने भन्ने समस्या रहेको अध्यक्ष बुढाको भनाई छ ।
बोंगादोभानबाट करिव ८ किलोमिटर दुरीमा रहेको खुँखानीको शान्ति माविसम्म सडक सफा गर्न केही समय अवश्य लाग्ने लेखापाल यामबहादुर थापाले बताए ।

सडक अवरुद्ध भएसँगै खुँखानीको थास्पुरी, नर्जाखानी, भित्रीवन, पात्ले, तथा बोंगादोभान माथिका स्थानहरु सोम्मर पातिचौर विकोस, थिर्वाङमा बस्थे स्थानीयलाई आवत जावतमा समस्या रहेको स्थानीयको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply