गल्कोट २०७४ भदौ २६ । पोखरा स्थित हिमालयन म्युजिक ईभेन्ट म्यानेजमेन्टको आयोजनामा गल्कोट मजुवाफाँटमा भदौ २२ देखी असोज १ गते सम्म हुने भनिएको ‘गल्कोट घुम्टे महोत्सव’ अब असोज १८ देखी २८ गते सम्म हुने भएको आयोजकले जनाएका छन् ।
घुम्टे पर्यटन विकास केन्द्रका पदाधिकारीहरुले घुम्टे नाममा आपत्ती दर्शाउदै असहयोगको वातावरण सिर्जना गरेपछी विवादमा परेको गल्कोट घुम्टे महोत्सव पछिल्लो समय महोत्सवको नाम परिवर्तन गरी ‘प्रथम गल्कोट साँस्कृतिक महोत्सव-२०७४’ को नामबाट महोत्सव सम्पन्न गर्ने तयारीमा जुटेको हिमालयन म्युजिक ईभेन्ट म्यानेजमेन्ट पोखराका सचिव तथा गल्कोट नगरपालिका मल्म आँगाखेतका युवा कलाकार मोहन केसील बताए ।
‘भदौ २३ गते घुम्टे पर्यटन विकास केन्द्रको पहलमा नगरप्रमुख उपप्रमुख सहितको हटियामा भएको एक भेलामा तपाईहरुले आयोजना गर्ने भनेको महोत्सवको विषय उठान नै नगरी (थाहा नपाएर्झै गरी) बृहत् गल्कोट घुम्टे महोत्सवको आवश्यता रहेको जनाएको छ नित’भन्दा, ‘घुम्टे कुनै व्यक्ति वा संस्थाको पेवा हुन सक्तैन, यो राष्ट्र को धरोहर हो । नाम नै राख्न नपाईने कुरा आउदैन तर हामीले यसमा विवाद नगरी नाम परिवर्तन गरी महोत्सव सम्पन्न गर्ने तिर केन्द्रित भएका छौँ’, केसीको जवाफ थियो ।
‘यस अवस्थामा तपाईहरुले आयोजना गर्न लागेको महोत्सवलाई केहि असर पर्छ कि ?’ भन्ने प्रश्नमा केसीको जवाफ थियो, ‘गल्कोटको साँस्कृतिक विकासका लागी हाम्रो सत्प्रयास हो, यसमा सम्पूर्ण गल्कोटवासीहरुको हार्दिक सहयोग रहने हाम्रो विश्वास छ । नाम भन्दा पनि काम ठुलो हो, महोत्सव सफल हुने कुरामा हामी विश्वस्त छौँ ।’
सचिव केसीले हर्कबहादुर पाण्डेको संयोजकत्वमा १५ सदस्यीय महोत्सव व्यवस्थापन समिति गठन भएको बताउदै महोत्सवको काम तीब्र गतिमा भैरहेको जानकारी दिए ।
गत साउन १२ गते हटिया स्थित गल्कोट एफको कार्यालयमा एक पत्रकार सम्मेलन गरी हिमालयन म्युजिक ईभेन्ट म्यानेजमेन्ट पोखराको आयोजना तथा गल्कोट नगरपालिकाको समन्वयमा ९ दिवसीय गल्कोट घुम्टे महोत्सबको आयोजना गरिने जानकारी दिईएको थियो । सोहि पत्रकार सम्मेलनमा महोत्सवका लागि मजुवाफाँटको जग्गा भाडामा लिने काम सम्पन्न भएको म्यानेजमेन्टका सचिव केसीले जानकारी दिएका थिए ।
रोपेको धानबाली काटेर जग्गा धनीलाई अर्मल समेत बुझाई सकिएको अवस्थामा घुम्टे नामलाई लिएर कचपच निस्केको थियो । हिमालयन म्युजिक ईभेन्ट म्यानेजमेन्ट र घुम्टे पर्यटन विकास केन्द्र वीचको समन्वयमा नामको विवाद निम्ट्याएर महोत्सव आयोजनागर्ने पहल हुनु पर्नेमा केन्द्रले छुट्टै भेला गरी बृहत गल्कोट घुम्टे महोत्सव आवश्यक रहेको अवधारणा ल्याएपछी गल्कोटवासीमा गलत सन्देश प्रवाह भएको छ ।
घुम्टे पर्यटन विकास केन्द्रको आयोजनामा २०६३ मा सम्पन्न पहिलो गल्कोट घुम्टे महोत्सवको आयव्यय हालसम्म सार्वजनिक नगरिएको विषय गल्कोटमा भुसको आगो झैँ भित्रभित्र पुत्ताईरहेको थियो अहिले आगो नै बल्न लागेको स्थानीयले बताएका छन् । महोत्सवको आयव्यय सार्वजनिक गर्ने विषय कसैले उठान गयो कि मेरो घरमा आएर हेर भनेर आयोजक मध्यका जिम्मेवार व्यक्तिले ठाडोे जवाफ दिने गरेको स्थानीयको प्रतिक्रिया छ ।
घुम्टेलाई नै काखमा च्यापेर बसिरहेको घुम्टे पर्यटन विकास केन्द्रले महोत्सवको हरहिसाव जतिसक्दो छिटो सार्वजनिक गरी केन्द्रको विश्वसनियतालाई कायम राख्नुपर्ने गल्कोटवासीको सुझाव रहेको छ । महोत्सवको आम्दानी खर्चको अपारदर्शिताले व्यक्तिको मात्र नभएर संस्था प्रति नै नकारात्मक प्रभावपर्ने तथ्यलाई केन्द्रले विचार पुराउनु आवश्यक रहेको गल्कोटवासीले बताएका छन् ।