Sorry, that menu does not exist.
 

एक महिना देखी अवरुद्ध गुल्मी वामीको विद्युत मर्मत पछी सुचारु

कौरव खत्री, गुल्मी २०७४ भदौ २६ । गुल्मीको परोपकार सहकारी जलविद्युत परियोजनाको जलविद्युत सेवा सुचारु भएको छ ।

मुसिकोट नगरपालिका ७ मा रहेको परोपकार बहुउद्देश्यीय सहकारी संस्था लि.व्दारा सञ्चालित परियोजना सोही वडाकै बसेरीमा पहिरोले विद्युत पोल भाचिए र अवरुद्ध भएको विद्युत नियमित सेवा सूचारु नहुदै करिव ३० मिटर नहर विद्युत भत्केपछि झण्डै १ महिना देखि अबरुद्ध विद्युत नहर निर्माण र मर्मत संम्भार गरेपछि विद्युत सेवा सञ्चालनमा ल्याइएको समितिका अध्यक्ष धर्मेन्द्र कुमार मल्लले जानकारी दिए ।

साथै १ सय ३५ किलोवाट क्षमता भएको विद्युत परियोजना लामो समयपछि विद्युत सेवा सूचारु भएसँगै नगरपालिकाको वडा नं. १,२, र ८ र गरि ३ वटा वडाका झण्डै १२ सय घरधुरीका उपभोक्क्ताहरु विजुली बाल्न पाउदा खुसी भएका छन् ।

विद्युत सेवा सञ्चालन भएपछि विजुली बत्ति,उद्योग धन्दा, कलकारखाना, कुटानी पिसानी, सञ्चार टेलिफोन लगायतका विद्युतीय यन्त्रहरुबाट सञ्चालित सबै यन्त्र सञ्चालनमा आएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply