पोखरा बजारको व्यस्त सिर्जना चोकको केहि नजिक, यी एक्ली बृद्धा हरियो मकै पोलेर बेच्ने गर्छिन । आसपासकाले बताए अनुसार उमेरले ८० वर्ष उकालो लागेकी यी बृद्धाको जाँगर देख्दा आश्चर्य नमान्ने को होला ?
दिनमा कति घोँगा मकै पोलेर बेच्दी हुन, कति कमाउँदी हुन्, बाध्यताले होला कि रहरले होला यो बुढेसकालमा यी बृद्धाको यो जाँगर …. ।
जेहोस, यिनको यो जाँगरले यिनका समकालीनहरुलाई बुढो भएर हरेस नखान उत्प्रेरित गरेको हुनुपर्छ, परिश्रमको फल मीठो हुन्छ भन्ने सन्देश प्रवाह गरेको हुनुपर्छ ।
तस्वीर- किरण आचार्य ईबागलुङ ।