Sorry, that menu does not exist.
 

सहमति बिपरीत कामकाज गरेपछी नगरपालिका कार्यालयमा तालाबन्दी !

आन्दोलित नगरवासीहरु नगरपालिका कार्यालयमा तालाबन्दी गर्दै,प्रहरी ताला खोल्दै….

बागलुङ २०७३ माघ ९ । बागलुङ नगरपालिकाले सहमति अुनसार माग सम्वोधन नगरी नगरवासीलाई विभिन्न किसिमका दुख दिन थालेकाले नगरपालिकाको गैह्रजिम्मेवार कृयाकलापको बिरुद्ध आज नगरपालिकाको रातामाटा स्थित मुख्य कार्यालय भवन र समीक्षालय चोकमा रहेको सेवा केन्दको कार्यालयमा तालाबन्दी गरेको पीडित नगरवासीहरुले बताए ।

आज दिउँसो निस्केको जुलुसमा प्रदर्शनकारीहरुले नगरवासी एक जुट हौँ, बिसंगति बिकृति अन्त्य गरौँ, हाम्रो नगरपालिका राम्रो नगरपालिका आदि नारा लगाउँदै नगरपरिक्रमा गरी कार्यालयबाट कर्मचारीहरुलाई बाहिर निकालेु तालाबन्दी गरेका थिए ।

आन्दोलनकारी नगरवासीले नगरपालिकाको दुबै कार्यालयको ढोकामा लगाएको ताल्चा केहि समय पछीनै प्रहरीले तोडेर कार्यालयको ढोका खुलाएको थियो ।

२२ औं नगरपरिषदमा नगरवासीहरुले जग्गाको मापदण्ड, नक्शा पास आदि कार्यमा लापर्वाही र भ्रष्टाचारहुने गरे विरोध गर्दै नारावाजी गरी नगरपरिष नै चल्न नदिए पछी राजनीतिक दल र नगरपालिका वीच छलफल हुँदा नगरवासीको मागलाई सम्वोधन गर्ने सहमति पश्चात आन्दोलित नगरवासीले नगरपरिषद हुन दिएका थिए ।

अहिले आएर नगरपालिकाले सहमतिलाई बेवास्ता गरी पूर्ववत रुपमा मनोमानी ढंगले कार्यगर्न थालेपछी नगरवासी आन्दोलित बनेको आजको आन्दोलनका संयोजक सुरेन्द्र खड्काले ईबागलुङलाई बताए ।

तालाबन्दी पछी जुलुसलाई सम्वोधन गर्दै संयोजक खड्काले पुस २८ गतेको नगरपरिषदमा भएको सहमति अनुसार नक्सापास गर्न बारम्बार नगरपालिकाको ध्यानाकर्षण गराउदा समेत आनाकानी गरी सेवाग्राहीलाई दुख दिन थालेपछी नगरवासी आन्दोलित बनेको बताए ।

नगरपालिकाले कसैलाई डेढ मिटर सेट ब्याक छाडेर घर बनाउन स्वीकृती दिन्छ त कसैलाई आधा मिटर सेट व्याकमै घर बनाउन दिन्छ । यस्तो आफु खुसी दिईने दोहोरो माप दण्डमा आर्थिक चलखेल भएको हुन्छ भन्दै उनले यस्तो दोहोरो मापदण्ड खारेज नगरेसम्म हाम्रो आन्दोलन जारी रहने बताए । उनले नगरवासीका माग सम्वोधन नभए बजार बन्द गर्ने देखि नगरपालिकाका कर्मचारीलाई कालोमोसो दलेर बजार घुमाउन बाध्य हुने चेतावनी पनि दिए । नगरपरिषदमा भएको सहमती अनुसार बस्ती विकास शहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मापदण्ड २०७२ को र १३.१३ बुँदा अनुसार नक्सापास नभएसम्म आन्दोलन जारी रहने उनको भनाई छ ।

अर्का वक्ता नागरिक समाजका निर्मल श्रेष्ठले आफुहरुको समस्याबारे धेरै पटक नगरपालिका र प्रशासन कार्यालयलाई जानकारी गराए पनि वेवास्ता गरियो भन्दै पीडित नगरबासीको मागलाई सम्बोधन गर्न वार्तामा बोलाउनुको साटो प्रहरी लगाएर आन्दोनलमा हस्तक्षेप गर्न खोजेको आरोप लगाए । उनले हाम्रा मागलाई वेवास्ता गरियो भने प्रहरी र प्रशानले थेग्न नसक्ने गरी आन्दोलनको आँधी ल्याउने चेतावनी पनि दिए ।

स्मरणीय छ, जग्गा नक्सा पास मापदण्ड सम्वन्धमा नगरवासीका तर्पmबाट पद्मचन्द्र राजभण्डारीले जिल्ला प्रशासन कार्यालय बागलुङमा २०७३ पुस २० गते निवेदन दिएका थिए ।
२०७३ माघ ६ गते नगरवासीका तर्पmबाट सुरेन्द्र खड्काले बागलुङ नगरपालिकाका कार्यकारी अधिकृतलाई विभिन्न १४ सूत्रिय माग गरी नगरपालिकाको ध्यानाकर्षण गराएका थिए । तर कार्यकारी प्रमुख नगरवासीका माग सम्वन्धमा गम्भीर नभएकोले आजको बिरोध कार्यक्रम गरिएको आयोजकले बताएका छन् ।

कार्यक्रमको सञ्चालन दिपेन्द्र बास्कोटाले गरेका थिए ।

तस्बीर- संगम घर्तीमगर, बागलुङ ।


फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply