गुमानसिँह भण्डारी गल्कोट २०७४ असोज २ । गल्कोट माद्यमिक बिद्यालय हटियामा नवागन्तुक बिद्यार्थी स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै गल्कोट नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष वीरजङ भण्डारीले पछिल्लो समय गलकोट क्षेत्रबाट युवा पुस्ताहरु बैदेशिक रोजगारीमा जाने क्रम तीब्र रहेको भन्दै यसलाई रोक्नुपर्ने बताए । उनले एसईई पास गरेपछि केहि मात्रामा ११, १२ अध्ययन गर्ने गरेको र ११, १२ अध्ययन गरे पनि त्यसभन्दा माथी अध्ययन गर्नेको संख्यामा कम हुदै गरेको बताए ।
अहिलेको समयमा आफना बुबाआमा बिदेशमा भएपछि छोराछोरी लैजाने प्रबृत्ति बढेकाले पढाईप्रति बिद्यार्थीको चासो घटेको भण्डारीको भनाई छ ।
कार्यक्रममा गलकोट माद्यमिक बिद्यालयका प्रध्यानाध्यापक देबेन्द्र खत्री, शिक्षकहरु राम बहादुर खत्री, राम बहादुर केसी लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
सो अवसरमा कक्षा १२ का बिद्यार्थीले कक्षा ११ का नवागन्तुक बिद्यार्थीहरुलाई फुलमाया र अबिरले स्वागत गरेका थिए ।
कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर भण्डारीको अध्यक्षता, बिद्यार्थी सुषमा बोहोराको स्वागत र बिद्यार्थी मिन बुढाथोकी र सुमन बिकको सञ्चालनमा सम्पन्न भएको थियो ।