Sorry, that menu does not exist.
 

प्रेस काउन्सिल पुरस्कारको घोषणा : पत्रकार कँडेललाई महिला सशक्तिकरण पत्रकारिता पुरस्कार !

बागलुङ २०७४ असोज ५ । प्रेस काउन्सिल नेपालले ४८ औँ वार्षिकोत्सवको अवसरमा आम सन्चारसंग सम्वन्धित १० विधाहरुमा विभिन्न व्यक्ति तथा संस्थाहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

प्रेस काउन्सिलले रु १ लख ५ हजार राशीका गोपाल दास पत्रकारिता र सुरेन्द्र बहादुर बस्नेत पत्रकारिता पुरस्कार क्रमश रुपन्देहीका बालकृष्ण चापागाई र काठमाडौका धमेन्द्र झालाई प्रदान गर्ने निर्णय गरेको छ भने रु २५ हजार राशीको प्रेस काउन्सिल आचार संहिता पुरस्कार सप्तकोशी एफएम सुनसरीलाई प्रदान गरेको छ ।

प्रेस काउन्सिलले प्रकाशित गरेको विज्ञप्ती अनुसार विभिन्न पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने पत्रकारहरुमा बागलुङकी पत्रकार कोपिला कँडेललाई रु १० हजार राशीको प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । यस्तै पर्वत जिल्लाका पत्रकार ओमप्रसाद घायललाई प्रेस काउन्सिल सशक्त सन्चारकर्मी पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ ।

काउन्सिलका अनुसार उक्त पुरस्कार प्रेस काउन्सिलको वार्षिकोत्सवका अवसरमा यहि असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा शितल निवासमा प्रदान गरिने छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply