Sorry, that menu does not exist.
 

बुर्तिबाङमा ईलाका प्रहरीव्दारा अबैध घरेलु मदिरा नियन्त्रण अभियान सुरु

सुमन सुनार, बुर्तिवाङ २०७४ असोज ५ । ईलाका प्रहरी कार्यलय बुर्तिबाङले नेपालीहरुको महान पर्व विजया दशमीको शान्ति सुरक्षालाई मध्यनजर गर्दै आज देखी अबैध घरेलु मदिरा नियन्त्रण अभियान थालेको छ । विजया दशमी नजिकिदै जाँदा मदिरा सेवनले अपराधीक घटनाहरु हुन सक्ने भन्दै शान्ति सुरक्षालाई मजबुत बनाउन बुर्तिबाङ लगायतका आसपासका क्षेत्रमा ईलाका प्रहरी कार्यलय बुर्तिबाङले अवैध घरेलु मदिरा उत्पादन, ओसारपसार र विक्रिवितरण नियन्त्रण अभियान थालेको हो ।

अभियानको क्रममा आज ढोरपाटन नगरपालिका– १ बुर्तिबाङ बजारबाट ५५ लिटर घरेलु मदिरा सहित ६ सय लिटर कच्चा पदार्थ र १ सय ७० केजी मर्चा बरामद गरिएको ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी प्रमुख कृष्ण रानाले बताए । प्रहरीको टोलीले बुर्तिबाङ ीस्थत रिभरहेड देखी बजार एरियामा अनुगमनको क्रममा उक्त मदिराजन्य पदार्थ बरामद गरिएको जनाएको छ । बरामद गरिएको उक्त मदिरा सहित कच्चा पदार्थ भोलि स्थानिय र पत्रकारहरुको रोहबरमा नष्ट गरिने प्रहरी प्रमुख रानाको भनाई रहको छ ।

विशेष गरि चाड पर्वमा मदिरा सेवन गरि घरेलु तथा लैंगिक हिंसा, सडक दुर्घटना, विभिन्न किसिमका झैझगडा हुने भन्दै उक्त अभियान सञ्चालन गरिएको प्रहरी प्रमुख रानाले बताए ।

अबैध रुपमा उत्पादन गरिने मदिरा जनस्वास्थ्यमा असरहरुको कारक बनेको साथै अपराधका घटनाहरु बढ्दै गएको भन्दै ईलाका प्रहरी कार्यलय बुर्तिबाङले निरन्तर रुपमा अबैध घरेलु मदिरा नियन्त्रण अभियान सञ्चालन गर्दै आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply