नवलपरासी २०७४ असोज १० । नवलपरासीमा प्रहरी र भन्सार कर्मचारीको मिलोमतोमा व्यापक तस्करी भईरहेको रहस्य खुलेको छ । प्रहरी र भन्सार कर्मचारीहरुले तस्करहरु संग मोटो रकम लिएर तस्कर गर्ने कार्यमा सघाउ पु¥याउदै आएको रहस्य खुलेको हो ।
हिजो मात्र नवलपरासीको महेशपुर हरपुर क्षेत्रमा राजश्व अनुसन्धान पश्चिमान्चल क्षेत्रीय कार्यालय बुटवलको टोलीले यस क्षेत्रमा ठुलो परिमाणमा अबैध कपडा बरामद गरेपछि यस्तो रहस्य बाहिर आएको छ ।
सो टोलीले एक गोदामा छापामारेर अबैध कपडा बरामद गरेपछि तस्करहरुले आफुहरुले शशस्त्र प्रहरी र नेपाल प्रहरीलाई मासीक रुपमा मोटो रकम दिने गरेको भन्दै राजश्व अनुसन्धानको टोलीलाई अवरोध पु¥याएपछि यस्तो रहस्य बाहीर आएको थियो ।
नवलपरासीको महेशपुर नाका यतीबेला कपडा तस्करीका लागी मुख्य रोजाई बनेको छ । अहिले पनि महेशपुर नाकामा कपडा तस्करीकालागी केही गोदाम बनाईएका छन् । तर यस प्रति यस क्षेत्रका प्रहरी प्रशासन कानमा तेल हालेर सुतेको अवस्था छ । सुरक्षा निकायले शशस्त्र प्रहरीले नेपाल प्रहरी र नेपाल प्रहरीले शशस्त्र प्रहरीले देखाई आफुहरु तस्करी नियन्त्रण कार्यमा प्रभावकारी रुपमा लाग्ने गरेको पाईएको छैन ।
तस्करहरुले रातको समयमा ति गोदामहरुबाट माल निकालेर प्रहरीको सहयोगमा राजमार्ग सम्म पु¥याउने गर्दछन् ।
नवलपरासीमा यतिबेला तस्कारीकालागि मुख्य ट्रान्जीट स्थल (प्वाईट) बनेको छ । एक तर्फ नेपालको राजश्व चुहावट गर्ने आर्को तर्फ प्रहरी र भन्सारका कर्मचारी मोटाउने कार्य बढ्दै गएको छ ।
सीमावर्ती भारतीय बजारबाट बिशेष गरी यतीबेला ठुलो परिमाणमा कपडाको तस्करी हुने गरेको छ ।
। बिशेष गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीको संलग्नतामा तस्करहरुले सजिलै नवलपरासीको बाटो हुदै तस्करी गर्ने गरेका छन् । यस बापत तस्करहरुले प्रहरीहरुलाई मासीक रुपमा लाखौ रकम बुझाउने गरेका छन् । ्
बिशेष गरी नेपाल भारत सिमा क्षेत्रबाट बिना भन्सार , एउटा बिल बाट पटक पटक समाग्री ल्याउने गरेर व्यापक तस्करी हुने गरेको छ । यसको नियन्त्रणमा नेपाल प्रहरी र शशस्त्र प्रहरीको समेत बेवास्ता गर्दै आएको पाईन्छ ।
कपडा जन्य व्यापारको माग बढेपछि झन दशैको अवसरमा कपडाको माग बढेपछि तस्करहरु पनि आफ्नो कार्यमा झन बढावा दिएका छन् ।
बिशेष गरी तस्करहरुले सुरक्षा निकायको मिलोमतोमा दिनको समयमा भन्दा रातको समयमा तस्करी गर्ने गरेका छन् । गाडीमा लोड गरी ति कपडा जन्य बस्तुहरुलाई राजमार्ग सम्म पु¥याउने र त्यहांबाट चितवन , काठमाडौ पु¥याउने गरेका छन् ।
यस बारे ५ नं. प्रदेश प्रहरी कार्यालय का प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक मिङ्गमार लामाले तत्काल यस बारे सत्यता फेला परे दोषी कर्मचारीलाई कारवाही गरिने प्रतिकृया दिए ।
यस बारे सशस्त्र प्रहरी पश्चिमान्चल क्षेत्रिय कार्यालयका प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक सुबोध अधिकारीले यस बारे अनुसन्धान गरी दोषी फेला परेका कारवाही गरिने प्रतिबद्धता ब्यक्त गरे ।