बिमल खड्का, बागलुङ भिङगिठे २०७४ असोज १२ । दशै नजिकीए सगै ईलाका प्रहरी कार्यालय भिमगिठेले मदिरा तथा भैपरी आउने घटनालाई मध्य नजर गर्दै अनुगमन कडा गरेको छ ।
बागलुङको बडीगाड गाउँपालिका वडा नम्बर ६ बाट बजार तिर ल्याउदै गरेको अबस्थामा करिब ७५ लिटर घरेलु मदिरा प्रहरीले बरामद गरी समाजसेवी स्थानीय जनप्रतिनिधि लगाएतको रोवरहरमा नष्ट गरेको छ ।
आज बिहान ४ बजे ईलाका प्रहरी कार्यालय भिमगिठेका प्रहरी नायव निरीक्षक भोज बहादुर बानियाँको नेतृत्वको गस्ती टोलीले बजारतिर बेच बिखनका लागी ल्याउदै गरेको अबस्थामा सो अवैध घरेलु मदिरन बरामद गरेको हो ।
दशै नजिके सगै प्रहरीले जुवा तास तथा चोरी डकैती गर्नेहरुतिर बिशेष निगरानी बढाएको बताएको छ । चाडपर्वमा हुने घटनाहरुलाई अध्ययन गरि सामाजिक सुरक्षा समिति समेत वडीगाडको १० वटै वडामा गठन गरेको बनियाले ईबागलुङलाई बताए । साना तिना घटनाहरु स्थानिय स्तरमै मिलाउन सजिलो हुने भएकाले सुरक्षा समिति गठन गरिएको प्रनानि बानियाँको भनाई थियो ।