Sorry, that menu does not exist.
 

दशैँको मुखमा आगलगिबाट घर खरानी भएपछी बृद्धा र बुहारी छिमेकीको आश्रयमा

बागलुङ, २०७४ असोज १५ । सारा नेपालीहरु हर्षोल्लासका साथ विजया दशमी मनाउदै गर्दा ट बागलुङको काठेखोला गाउँपालिका वडा नं. ८ की एक जेष्ठ नागरिक र गर्भवती महिला छिमेकीको आश्रयमा बस्नु पर्ने वाध्यतामा परेका छन् ।

साविक लेखानी गाविस वडा नं. ९ कादेश थानापट्टी निवासी ७१ वर्षीया हरिकला जिसीको घरमा विद्युत सर्ट भएर बुधवार राती आगलागी हुदाँ परिवार विस्थापित बनेको हो । घरमा आगोलागी भएपछि ७१ वर्षीया हरिकला र उनकी गर्भवती बुहारी छिमेकी पदमबहादुर जिसीको घरमा आश्रय लिएर बसेका छन् । गर्भवती बुहारीको सुत्केरी हुने दिन कटि सक्यो, सुत्केरी भएपछि कसरी व्यवस्थापन गर्ने, अर्काको घरमा सुत्केरीलाई कसरी स्याहार सुसार गर्ने भन्ने पिरलोले हरिकलालाई चिन्तित तुल्याएको छ । दशै समेत छिमेकीको घरमा मनाउनु परेको हरिकलाले बताईन । दशै त हाम्रा लागि दशा बनेर आयो, परिवारको विचल्ली भयो, पीडित हरिकलाको वेदना थियो ।

बुधवार राती एक्कासी आगोलागी भएपछि ज्यान मात्र बचाउन सकेको हरिकलाले बताईन । आगलागीबाट हरिकलाको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट घरमा रहेको नगद १ लाख ५० हजार, २ तोला सुन सहित १२ लाख बराबरको सम्पत्ती नष्ट भएको पीडितले बताएका छन् ।

छोरा रोजगारीका लागि घर बाहिर गएको, बुहारी स्वास्थ्य परिक्षणका लागि सदरमुकाम गएको समयमा एक्कासी आगलागी हुदा आफुले ज्यान जोगाउन धौ धौ भएको हरिकलाको दुखेसो थियो ।

घरमा भएको नगद, गरगहना सहित सम्पूर्ण जिन्सी सामान जलेर नष्ट भएपछि परिवारको व्यवस्थापन गर्न निकै कठिन भएकोले सबैलाई सहयोगका लागि अपिल गरिएको स्थानीय बेलबहादुर जिसीले जानकारी दिनुभयो । उहाँले पीडितको सहयोगका लागि आगलाती पीडित राहत संकलन समिति गठन गरी सहयोग संकलन अभियान थाल्ने तयारी भएको जानकारी दिए ।

आगलागीबाट पीडित परिवारको सहयोगका लागि वडा कार्यालय, गाउँपालिका लगायत अन्य निकायमा अनुरोध गर्ने गरी राहत संकलन समिति गठन गर्ने जनाइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply