Sorry, that menu does not exist.
 

जिल्लाको तीनै क्षेत्रमा एकै साथ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७३ माघ १२ । छैठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बागलुङको तीन क्षेत्रमा एकै साथ फागुन १ देखी ३ सम्म संचालन हुने भएको छ ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा एथेलेटिक्स दौड ट्रयाक, उफ्रने र फ्याँक्ने तर्फ भलिबल छात्र र छात्रा , मार्सल आर्टतर्फ, कवड्डी , कँराते, उसु, तेक्वान्दो प्रतियोगीता फागुन १ देखी ३ सम्म क्षेत्र नम्बर १ को बागलुङमा ,क्षेत्र नं २ को गल्कोट हटियामा र क्षेत्र ३ को बुर्तिवाङमा संचालन हुने खेलकुद विकास समिती बागलुङका अध्यक्ष धन बहादुर परियारले बताए।

पहिलो चरणबाट छनोट भएका खेलाडीहरुलाई जिल्लामा ९ देखी ११ गतेसम्म खेल संचालन गर्ने भएको छ । जिल्लामा टिमको उत्कृष्टतासंगै व्यक्ति छनोट भएर क्षेत्रमा लैजाने व्यवस्था गरिएको छ । खेल संचालनको लागी ११ लाख ५९ हजारको हाराहारीमा खर्च हुने अनुमान गरिएको छ । जसमा राष्ट्रिय खेलकुद परिषदबाट ६ लाख ९४ हजार रकम प्राप्त गरिसकेको र बाँकी रकम सहयोग संकलन गरेर खेल संचालन गर्ने खेलकुद विकास समितिले जनाकारी दिएको छ ।

आजको पत्रकार सम्मेलन जिल्ला खेलकुद विकास समिती बागलुङका उपाध्यक्ष शम्भु आचार्यको स्वागत सचिव भिमसेन शाक्यको संचालनमा सम्पन्न भएको थियो ।

यसैवीच परिवर्तनशील युवा क्लब तारा ४ अस्मुखीको चौथो बार्षिक उत्सव भोलि माघ १३ देखी १६ सम्म विभिन्न खेलकुद तथा रचनात्मक कार्यक्रमका साथ मनाउने भएको अध्यक्ष महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । क्लबले चौथो बार्षिक उत्सवको अवसरमा तारा गाविस भित्रको वडा स्तरिय पुरुष भलिवल, खुल्ला डौद प्रतियोगीता, लगायत विभिन्न कार्यक्र गरी मनाउने भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply