Sorry, that menu does not exist.
 

प्रवास : दुवईमा “दशैँ टीका ग्रहण तथा भेटघाट कार्यक्रम २०७४” कार्यक्रम सम्पन्न

सचिन्द्र श्रेष्ठ, युएई दुबइ २०७४ असोज १७ । वैदेशिक रोजगारीको सिलसिलामा युएईको दुबइ डीआपीमा रहेका नेपालीहरूले हर वर्ष झैँ यस वर्ष पनि नेपाली समूदाय युएईले सेप्टेम्बर २९ सुक्रबार र ३० तारिख शनिबारका दिन “दशैँ टीका ग्रहण तथा भेटघाट कार्यक्रम २०७४” सम्पन्न गरेको छ ।

आश्विन शुक्ल नबमीका दिनमा सनातन हिन्दुधर्मालम्बी नेपालीहरुको महान चाड बडा दसैं तथा विजया दशमी(२०७४ को पावन अवसरमा नेपाली समुदाय युएइ डीआपी इकाई समिति द्वरा आयोजित शुभकामना आदान प्रदान तथा सामुहिक सह भोज कार्यक्रममा नेपाली समुदाय युएईका अध्यक्ष विदुर राउतले विजया दशमी(२०७४ को समस्त प्रवाशी एवम स्वदेशी नेपाली दाजु भाई तथा दीदी बहिनीहरुमा आपसी सम्बृद्धी , सुख शान्ती दीर्घायु र उत्तोत्तर प्रगतीको कामनाको साथ हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै सुरु गरियको कार्यक्रममा १५० जना सहभागीता रहेको थियो ।

सहभागीहरु बाटै आफनै हात बाट मिठा मिठा परिकारहरु बनाएर सामुहिक सह भोज गर्नु का साथै एक आपसमा सद्भाव राख्दै विभिन्न दशैँ गीतको मेसो मिलाई माहोललाइ संगीतमय बनाउदै मनोरञ्जन प्रदान गरिएको थियो । उक्त कार्यक्रममा दसैँ बेला घरपरिवार र आफन्तजनको सम्झनामा मन नविरक्तियोस् भनेर सामूहिक दसैँ मनाइएको नेपाली नेपाली समुदाय युएइ डीआपी इकाई समितिका अध्यक्ष माधब अधिकारीले बताए।

आश्विन शुक्ल दशमीका दिनमा महान चाड दसैँको टीका नेपाली समुदायका पण्डित आकाश पौडेलबाट आशिष मन्त्र पाठ गर्दै नेपाली समय ११ बजेर ५५ मिनेटको शुभसाइतमै पहिलो चरणको टीका तथा जमरा ग्रहण गराइएको थियो। त्यसैगरि धेरै जसोको नियमित काममा जानु परेकोले गर्दा कामबाट फर्किएपछि दोस्रो चरणमा साझको ७स्३० मा सामुहिक टीका ग्रहण कार्यक्रममा दुबई डिआपिमा रहेका नेपालीहरूले भाग लिएका थिए।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा दसैँमा मान्यजनबाट टीका र जमरा लगाइन्छ । पहेँलो जमरालाई समृद्धिको प्रतीक मानिन्छ । आज गुरु पुरोहित, हजुरबा हजुरआमा, बाआमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य, क्षमता वृद्धि एवम् दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

दशै चाड हामी संपूर्ण नेपाली को हो र हामी जहा भएपनी जून जातिको भएपनि हामी नेपाली हौ । र हाम्रै परंपरालाइ हामीले जोगाएर राख्नु पर्छ भन्दै भावी दिनमा पनि यस्ता कार्यक्रम निरंन्तर रहिरहने भन्दै कार्यक्रम सभ्य एबं भब्याताका साथ सम्पन्न भएकोमा दशैँ कार्यक्रम सफल गर्नका लागि उल्लेख्य भूमिका खेल्नुहुने प्रभु बैकका बिश्व न्यौपाने , कृष्ण पारस दुलाल, राजन पोखरेल र अन्य अमीत सपकोटा ,गणेश अधिकारी ,धनराज गुरुङ्ग, धन बहादुर परियार, राजकुमार तिवारी , युवराज पुन,दुर्गा पुन ,गणेश तमांग, गणेश, बिकाश, सम्पूर्ण उपस्थितजन लाइ हिर्दय देखि धन्यवाद ब्यक्त गर्दै कार्यक्रमको समापन भएको नेपाली समुदाय युएइ डीआपी इकाई समितिका दशैँ टीका ग्रहण तथा भेटघाट कार्यक्रम २०७४ का संयोजक राजन तिमल्सिनाले घोसणा गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply