सुमन जि.सी. बागलुङ, २०७३ माघ १२ । दगातुन्डाँडा बचत तथा ऋण सहकारी संस्था लि. दगातुन्डाँडा–७ बागलुङको प्रारम्भिक साधारण सभा तथा कारोवार शुभारम्भ समारोह बुधवार सम्पन्न भएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेलले संस्थाको साईन वोर्डलाई अनावरण तथा दीप प्रज्वलन गरेर साधारण सभा तथा कारोवार शुभारम्भ भएको घोषणा गरेका थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी पौडेलले समुदायको आर्थिक, सामाजिक र सास्कृतीक विकास गर्ने सशक्त एवं प्रभावकारी संस्था सहकारी भएको बताए । सहकारीले निम्न आय भएका गरिव, विपन्न तथा पछाडी पारे पारिएका वर्गका व्यक्तिहरुलाई आर्थिक क्रियाकलापहरुमा सहभागि गराई उनीहरुको आर्थिक विकास संगसंगै शिक्षा, स्वास्थ्य, रोजगार एवं नेतृत्व विकासमा समेत महत्वपूर्ण भूमिका खेलेको पौडेलको भनाई थियो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ ईकाई समिति वामीका अध्यक्ष सुदर्शन शाक्य, सिवाईसी साकोसका सञ्चालक सदस्य सिता सापकोटा, सिवाईसी लघुवित्त कार्यक्रम खर्वाङ शाखाका इलाका प्रवन्धक शान्ति शर्मा, सिवाईसी नेपालका विशिष्ठ सदस्य धनवहादुर बुढा, लघुवित्त कायक्रम गाविस स्तरीय सञ्चाज रिघाका निर्देशक जमुना श्रीस, उद्यमी दोण वन लगाएतले मन्तव्य राखेका थिए ।
प्रारम्भिक साधारण सभाले धनवहादुर श्रीसको अध्यक्षतामा ७ सदस्य सञ्चालक समिति र डम्मरबहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन गरेको छ । सञ्चालक समितिको उपाध्यक्षमा चुरावहादुर अधिकारी, सचिव बेलु गीरी, सह–सचिव हरिशचन्द्र खरेल, कोषाध्यक्ष पुनम थापा, सदस्यहरु सुनीता क्षेत्री र धनवहादुर बुढा चयन भएका छन् भने लेखा समिति सदस्यहरुमा ईन्द्र वन र सीता खराल चयन भएका छन् । साथै सभाले झकवहादुर काउचा र जमुना श्रीसलाई सल्लाहाकारम ाचयन गरेको छ ।
संस्थाका अध्यक्ष धनवहादुर श्रीसको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष चुरावहादुर अधिकारी र सञ्चालन सचिव बेलु गिरीले गरेका थिए । संस्था डिभिजन सहकारी कार्यालय बागलुङमा २०७३ पौष २२ गतेका दिन दर्ता नं ९६६ मा दगातुन्डाँडा गाविस कार्यक्षेत्र राखी दर्ता भएको थियो ।