सुमन सुनार, बुर्तिवाङ २०७४ असोज २१ । नेकपा एमाले, नेकपा माओबादी केन्द्र र नयाँ शक्तीले बाम गठबन्धन बनाएर निर्वाचनमा तालमेल र निर्वाचन पछि पार्टि एकता गर्ने सहमती पछि बाग्लुङ जिल्लामा पनि विभिन्न संयुक्त कार्यक्रम हुन थालेका छन् ।
केन्द्रमा तिन दल विच भएको सहमतीको स्वागत गर्दै आज ढोरपाटन नगरपालिकाका नगर संगठन कमिटिहरु नेकपा एमाले, माओबादी केन्द्र र नयाँशक्ती पार्टिले संयुक्त रुपमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेका छन् ।
नेकपा माओबादी केन्द्रका केन्द्रीय महाधिवेशन समिति सदस्य तुल्सीराम अर्यालको अध्यक्षता रहेको उक्त कार्यक्रममा तिनवटै पार्टीका प्रमुख एवम प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै दलका प्रमुख एवम प्रतिनिधीहरुले बाम गठबन्धनले तिन वटै दललाई राजनीतिक रुपले एक ठाउँ उभ्याएको भन्दै यो एकता समाजवाद प्राप्तिको दिशामा एक ऐतिहासिक फड्को हुने बताएका छन् । उनिहरुले बाम एकतालाई असफल हुन नदिन विगतका तिता मिठा कुराहरुलाई विर्सेर नयाँ ढंगले देश विकासमा लाग्ने प्रतिबद्धता जनाएका छन् । साथै आगामी निर्वाचन जुन पार्टिको पोल्टामा परे पनि त्यसलाई सहर्ष स्वीकार्दै आउदा दिनहरुमा कम्युनिष्ट बामहरुलाई एक ठाउँमा बनाउदै अझै मजबुत भएर जाने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
तिन राजनितिक दलका प्रमुखहरुले यस प्रकारको घोषणा पछि केन्द्र चुके पनि ढोरपाटन नगरपालिकामा भने तिन बाम एकतालाई मजबुत बनाएर जाने घोषणा समेत गरेका छन् ।
कार्यक्रममा ढोनपाका मेयर देव कुमार नेपाली, चन्द्र अर्याल, टंक प्रसाद पौडेल, चिन्तामणी शर्मा, लक्षमण पुन, सुर्वण पौडेल, ददिराम शर्मा, लक्ष्मी बानियाँ, सेरमान घर्ति मगर, कुविर विश्वकर्मा, राम प्रसाद आचार्यले शुभकामना मन्तब्य राखेका थिए ।
यस्तै ज्ञान प्रसाद कँडेल, लालविर लोप्चन, वीर बहादुर विश्वकर्मा, कृष्ण भट्राई, मामलाल भुसाल, सिता कँडेल, हरि बहादुर घर्ति मगर, खुमलाल पौडेल, नेकपा माओबादी केन्द्रका, विर बहादुर विक, ईस्वरी प्रसाद पौडेल, कमला अर्याल, दर्शन कुँवर, टेक बहादुर कँुवर, चुरामणी भुसाल लगायतको उपस्थिती रहेको थियो ।
त्यस्तै बाम गठबन्धनको खुशीयालीमा अहिले बेलुकी तिन वटै पार्टी कार्यकर्ताको घर–घरमा दीपावली गरिएकोे छ ।
नयाँशक्तीका टेक बहादुर कुँवरको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रमको सञ्चालन नेकपा एमालेका केसर बहादुर छन्त्यालले गरेका थिए ।