शव्द/चित्र: प्रेम सुनार, गुल्मी २०७४ असोज २१ । गुल्मीका विभिन्न कोटहरु मध्ये गुल्मीको मुसिकोटको वेग्लै महिमा रऐतिहासिक महत्व ऐतिहासिक महत्व छ । यहाँ पौराणिक खड्ग तरवारलाई फुल र राता पहेला कपडाले सजाएर मन्दिर बाहिर हरेक वर्षको महानवमीका दिन ल्याईन्छ र बलि चढाएको रगतले उनै देवतालाई प्रत्यक्ष भोग खुवाईको हुन्छ । उनै देवता निकालेको हेर्नका लागि जिल्लाका धेरै टाढाका मानिसहरु आउने गर्छन् ।
बाईसे चौबिसे राज्यकाल सम्म बागलुङको रिघा, दगातुम डाँडा र यता गल्कोट सम्मका मानिसहरुले श्रद्धाका साथ पञ्चवलि र भक्कल चढाउने कोट हो यो । सन १५५० तिर भारतबाट आएका विजयी सिंह भन्ने व्यक्तिले यसकोटमा आएर राज्य गर्न थालेको श्रुतिस्मृति छ । पछि पृथ्वी नारायण शाहले नेपाल एकस्करण गर्दा बिना रक्तपात विजय हाँसिल गरेपछि सिंहवंशले राज्य सुम्पेका थिए । मुसिकोटको पहिलो विजय सुरुवात पछि ईस्माकोट धुर्कोट, चन्द्रकोट , गुल्मी दरबार लगायतका स्थानमा रहेका भुरे राजाहरुले पराजय भोगेका थिए । सिंह वंशका पहिला राजा विजय सिंह पूर्व यो कोटमा सारु मगर वंशले पूजा चलाउँथे पछि विजयी सिंहसंग संगै आएका हरेक जाती र उनै सारु मगर मिलेर पूजा गर्दै आएका छन् । बर्षेनी बडा दशैमा सयौं राँगा र भेँडा पाठा बलि चढाईन्छ ।
बडा दशैको महानवमीको दिन गुल्मी मुसिकोट कोटमा मेला भर्न आएका श्रद्धालुहरु फर्किदै गर्दा कोट देखि मैदान सम्मको दृश्य निकै रमाणीय हुन्छ । बाटोमा तस्वीर खिचाउने युवा युवतीहरुको लर्को हुन्छ ।
प्रस्तुत छ केहि तस्वीर: