Sorry, that menu does not exist.
 

वर्तमानका तीन कुरा

सागर कुँवर

चुनाव सबथोक होइन
सत्तामा जाने र लुटको धन्दा चलाउने राजनितिक दलहरुले नै अझै केही वर्ष आफ्नो शासन कायम राख्ने नै छन, तर त्यो लुटको राज्य अनन्तकालसम्म भने चल्नेछैन, गर्ल्याम्म ढल्नेछ, निश्चित त्यो ढल्ने नै छ । त्यसको लागि क्रान्तिकारी आन्दोलनले उच्चतम रुप लिनु पर्नेछ र क्रान्तिकारीहरु एक ढिक्का भएर लाग्नु पर्नेछ । टुट–फुटले ग्रसित क्रान्तिकारी आन्दोलनमा उभार पैदा गर्न आजको नयाँ पुस्ताले एक पटक उच्छ मनोवल र दृढ सन्कल्प सहित एउटा हिम्मत गर्नै पर्नेछ । एउटा पुस्ताले गर्ने वलिदानले त्यस पछि वलिदानको बाटो रोज्न पर्ने छैन । हजारौं योद्धाको वलिदान र त्यसको जगमा बन्ने जनसत्ताले समाजवादको निर्माण र विकास गर्नेछ । लुटको राज्य सदाको लागि लोप भएर जानेछ । त्यही आलोकमा आजको नयाँ पुस्ता सङ्गठित हुन जरुर छ ।

क्रान्तिकारी शक्तिकोे चुनाव उपयोगः
चुनावमा एउटा क्रान्तिकारी शक्तिले उपयोग गर्दा अधिकतम जित्ने र नजितेमा पनि निराश नहुने र आफ्नो राजनितिक विचार जनताको माझमा लाने गर्दछ। हामी त्यही आधरमा नै निर्वाचनको उपयोग गर्दछौ, त्यो हाम्रो कार्यनिति हो । कार्यनितिक रुपमा निर्वाचनलाई उपयोग गर्दा दलाल सत्ताका मतियार र तिनका एजेन्टलाई नाङ्गेझार पार्ने र जनतामा छरेका भ्रमहरुलाई सफाई गर्ने काम क्रान्तिकारी शक्तीले गर्ने गर्दछन, हामीले निर्वाचनलाई त्यही रुपमा नै उपयोग गर्दछौ । किनकी चुनाव हाम्रो लागि अन्तिम विकल्प र बाटो होइन, हाम्रो अन्तिम बाटो कठिन तर सुन्दर छ । हाम्रो विकल्प जनसत्ता, जनअदालत, जनसरकार , जनवाद हो, अन्ततः वैज्ञानिक समाजवाद साम्यवाद हो । लुटेराहरुको राजलाई ध्वस्त गर्ने हो । जनताको वास्तविक शासन व्यवस्था हो ।

भ्रम र वास्तविकता
आज कैयौँ मानिसहरुले जनमोर्चाले सघियताको मुद्दा छाड्यो भन्ने गरेका छन । त्यो उनीहरुको राजनितिक चेतना र चिन्तनमा देखिएको समस्याको घोत्तक परिणाम हो । वास्तवमा जनमोर्चाले सघियताको मुद्दा छाडेको होइन, सघर्षको रुप मात्र बदलेको हो । वुर्जुवाहरु के चाहन्छन भने जनमोर्चाले सघियता विरुद्धको आन्दोलन चलाएर चुनाव बहिष्कार गरोस, संसदमा नजाओस । खासमा वुर्जुवाहरुले जनमोर्चालाई त्यसरी बाहिर राखेर उनीहरुका संसद भित्रका काला कर्तुतहरु बाहिर नजाउन भनेर त्यस प्रकारको लान्छना लगाउने गर्दछन र गरेका छन । जनमोर्चाले राष्ट्रियताको आन्दोलनमा अग्रणी भुमिका खेल्दै आएको सर्वविदितै छ र जनमोर्चाले देशको रक्षाको लागि कुनै शक्तिसङ्ग नझुकिकन जुझारु सघर्ष निरन्तर अगाडि बढाएको छ, चुनावको उपयोगलाई त्यो पनि एउटा कडिको रुपमा अगाडि बढाउने उदघोष गरेको छ । त्यही वास्तविकतालाई सहि तरिकाले मनन गरौँ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply