Sorry, that menu does not exist.
 

कोजाग्रत पूर्णिमा मेलाले तात्यो बुर्तिवाङ : भलिबलको फाईनलमा सनराईज र मणिमुकुन्द टीम भीड्दै ।

बुर्तिवाङ २०७४ असोज २५ । बुर्तिवाङ राईजिङ्ग युवा क्लबको १५ औँ वार्षिकोत्सवका अवसरमा सन्चालित कोजाग्रगत पूर्णिमा मेलाले बुर्तिवाङ बजारलाई तताएको (हट् बनाएको)छ । मेलालाई गीत तथा गजल गायन, नृत्य तथा खेल लागयतका कार्यक्रमहरुले बुर्तिवाङ बजारलाई तताएको अनुभूति स्थानीयले गरेका छन् । कमसे कम वर्षमा एकचोटी भएपनि क्लबले यो चाँजो मिलाई दिएर बुर्तिवाङवासीका लागी मनोरन्जनको अवसर प्रदान गरेकोमा साधुवाद दिनै पर्छ ।

मेलाको छैठौ दिन अहिले विहान भएको पुरुष भलिबल प्रतियोगिताको सेमिफाईनल खेलमा सनराईज युवा क्लब जुग्जाखोला निसीले जितेर फाईनलमा प्रवेश गरेको छ । उसले राजकुतको पन्चासे युवा क्लबलाई तीनै सेट जीतेर पराजीत गरेको हो । रु ८५ हजार ५ सय ५५ राशीको फाईनल पुरुष भलिबल खेल अब सनराईज युवाक्लव र मणिमुकन्द सेन टीमबीच हुने भएको छ । मंगलबार सम्पन्न भएको महिला भविबल खेल प्रतियोगिताको प्रथम पुरस्कार घुम्टे संरक्षण साँस्कृतिक समुह पाण्डवखानीले जितेको छ ।

ठाउँ-ठाउँ र गाउँ-गाउँ पुगेर गीत गाउन र नाँच्नमा नाम कमाएका राष्ट्रिय एवं स्थानीय लोक गायक, गायिकाहरुको साउण्ड ट्र्याक गीतको तालमा हातमा माईक्रोफोन लिएर गरिने उफ्राईले बुर्तिवाङका दर्शकलाई भरपूर मनोरन्ज प्रदान गरेको छ । एक दुईजना कथित ‘हट्’ कलाकारहरुको अश्लील प्रस्तुतिलाई नजर अन्दाज गर्ने हो भने मेलाको आयेजनालाई लिएर त्यति कुरा काट्ने ठाउँ छैन । मौकैमा स्थानीय प्रहरीले आयोजकलाई सचेत बनाएकोले अश्लीलता प्रदर्शन नहुनेमा दर्शक विश्वस्त रहे ।

मेलामा मनोरन्जनात्मक सांगीतिक प्रस्तुति सहित विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु कुनै सम्पन्न भएका छन् भने कुनै जारी छन् । मेलामा पुरुष एवं महिला भलिबल बाहेक तारा खेल, दोहोरी गीत, ग्रुप डान्स, पञ्चेबाजा, रस्साकस्सी, हाजिरीजवाफ, एकल डान्स, स्लो बाईक रेस, पुरुष , महिला छेलो, कृषि पर्दशनी गरी १३ वटा कार्यक्रम सञ्चालन गरिने अध्यक्ष बिनोद भण्डारीले जानकारी दिएका थिए ।

यस मेलामा पहिलो पटक कृषि प्रदर्शनीको आयोजना गरिने आयोजकले जानकारी दिएपनि अहिले सम्म प्रदर्शनी सुरु भएको छैन । त्यसैले मेला एक दुई दिन अझै लम्विने देखिएको छ । आयोजकहरु अर्थसंकलनमा जुटेका छन् ।

बुर्तिवाङमा अहिले कलाकारहरु आफनो प्रतिभालाई शुल्क लिएर वा नि:शुल्क प्रदर्शन गर्न आएका हुन ? भन्ने सर्बाधिक चासो र चर्चाको विषय बनेको छ । मेलामा सहभागी हुन आएका कलाकारहरु आआफनो प्रस्तुति दिएर फर्किदै गरेका छन् । दर्शकहरुको यस जिज्ञासालाई आयोजकले चित्तबुझ्दो जवाफ दिनुपर्ने देखिन्छ । स:शुल्क हो भने कुन कलाकारलाई कति रकम दिईयो ? त्यस्को हरहिसाव सर्वजनिक गरिनु राम्रो हुने कुरामा बुर्तिवाङ राईजिङ युवा क्लब सजग रहेको बुझिएको छ ।

धेरै ठाउँहरुमा प्रायोजकहरु र स्थानीयबाट लाखौँ रकम संकलन गरी मेला सन्चालन गर्ने तर हरहिसाब खुलस्त सार्वजनिक नगरिने गरिदा तीखो टीका टिप्पणी हुँदै आएको छ । धनधान्यान्चल महायज्ञ, महोत्सव, मेला, बार्षिकोत्सव आदि नाममा संकलित रकम र त्यस्को सदुपयोगका बारेमा स्थानीय प्रशासनले समेत चासो राख्नु जरुरी छ ।

तस्वीर- दिपक पराजुली, बुर्तिवाङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply