Sorry, that menu does not exist.
 

३ दिने आधारभूत पत्रकारिता तथा उद्घोषण तालिम सप्पन्न

ताराखोला, २०७४ असोज २५ । प्रेस सेन्टर नेपाल ताराखोलाले हिलमा असोज २३ गतेदेखि सञ्चालित ३ दिने आधारभूत पत्रकारिता तथा उद्घोषण तालिम बुधवार समापन भएको छ ।

समापन कार्यक्रमकामा बोल्दै ताराखोला गाउँपालिका वार्ड नम्बर ३ हिलका अध्यक्ष डिल बहादुर बस्नेतले प्रशिक्षार्थीलाई आफ्नो सीपको बिकास गरि आफ्नै ठाउँमा के गर्नु पर्छ भन्दै , कुनाकाप्चाका समाचार मिडिया सम्म पुराउन समेत आग्रह गरे।

ताराखोला सामुदायिक रेडियो संचालन समितिका अध्यक्ष रबिन घर्ती मगर , प्रेस सेन्टर बागलुङका सचिव खगेन्द्र बिक ,त्यस्तै अखिल क्रान्तिकारीका केन्द्रिय निवर्तमान सदस्य रामप्रसाद निउरे , प्रेस सेन्टर ताराखोला गाउँपालिकाका सदस्य कमल घर्ती लगाएतले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।

तालीममा ताराखोलामा सामुदायिक रेडियो संचालन समितिका सचिव डम्बर बहादुर थापा र ताराखोला गाउँपालिका वार्ड ३ का सामाजिक परिचालक हर्क बिकको समेत उपस्थित रहेको थियो । ग्रामीण क्षेत्रमा पत्रकारिताको विस्तार सॅगै प्रभावकारी रुपमा अगाडी बढाउने उद्येश्यले आयोजना गरिएको उक्त तालिममा प्रेस सेन्टर ताराखोलाका अध्यक्ष पूर्णभद्र निउरे सचिव शान्त खत्री मौसम , प्रेस सेन्टर बागलुङका सचिव खगेन्द्र बिक र प्रेस सेन्टर ताराखोला गाउँपालिका उपाध्यक्ष सुमित्रा सुनारले सहजीकरण गरेका थिए । तालिममा ताराखोला गाउॅपालिका भित्रका ५५ जनाको सहभागिता रहेको थियो ।

समापन कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट सिर्जना निउरे र जितबहादुर राणाले तालिमबाट आफुले समाजमा हुने कार्यक्रम संचालन गर्न सक्ने क्षमता बिकास भएको बताएका थिए ।

प्रेस सेन्टर नेपाल ताराखोला गाउॅपालिकाका उपाध्यक्ष सुमित्रा सुनारको अध्यक्षता सचिव शान्त खत्री मौसमको स्वागत मन्तव्य र कोषाध्यक्ष विवेक परियारको संचालन मा सप्पन्न भएको थियो । कार्यक्रममा प्रशिक्षार्थी लाई प्रमाणपत्र त्यस्तै प्रशिक्षक र कार्यक्रममा भुमिका खेल्ने लाई आयोजकले माया चिनो समेत प्रदान गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply